मेची-महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार « Khabarhub

मेची-महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

धरान– मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ।

सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरिएकामध्ये ३६ जना पुरुष र १२ जना महिला रहेका छन् । झापाबाट नौ जनाको उद्धार गरिएकामा चार पुरुष, पाँच महिला, मोरङबाट सात जना जसमा छ पुरुष, एक महिला र सुनसरीका विभिन्न ठाउँबाट ३२ जनाको उद्धार गरिएको छ। 

जसमा २६ पुरुष र छ जना महिलाको उद्धार गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

उद्धार गरिएका सडक आश्रित मानवहरूलाई मानवसेवा आश्रमका विभिन्न शाखामा सुरक्षित संरक्षणका लागि पठाइएको उनले बताए। जसमध्ये १५ जनालाई झापा शाखा, १२ जनालाई विराटनगर शाखा तथा २१ जनालाई धरान शाखामा राखिएको छ ।

वर्षायाम नजिकिँदै जाँदा सडकपेटी, मन्दिर परिसर, सार्वजनिकस्थल तथा खुला आकाशमुनि कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धारलाई तीव्र बनाइएको अधिकारीको भनाइ छ। 

वर्षात्को समयमा कसैले सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यसहित सञ्चालन गरिएको यात्राले विभिन्न जिल्लामा सकारात्मक सन्देश प्रवाह गरिरहेको उनले बताए।

उद्धार गरिएका सडकआश्रित मानवहरूको आश्रय, भोजन, स्वास्थ्योपचार, मानसिक तथा भावनात्मक सहजीकरणका साथै सम्भव हुने व्यक्तिहरूको पारिवारिक पुनर्मिलनसमेत गरिँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए।

आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा वैशाख २९ गते झापाको काँकरभिट्टास्थित मेची पुलबाट सुरु गरिएको यात्रा मोरङ र सुनसरी हुँदै कोशी प्रदेशको तीनदिने कार्यक्रम सम्पन्न गरी आज (शुक्रबार)देखि मधेस प्रदेशमा केन्द्रित हुने जनाइएको छ ।

उद्धार अभियान यही जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा आनी छोइङ डोल्मासहित २४ जना स्वयंसेवक टोली सहभागी छन् ।

परिवार वा आफन्तको आश्रय पाउन नसकी सडकमा जीवन बिताइरहेका नागरिकको उद्धार गरी विभिन्न जिल्लास्थित आश्रममा पुनःस्थापित गरिँदै आएको अध्यक्ष अधिकारीले बताए।

हाल मानवसेवा आश्रमका सातै प्रदेशका १९ जिल्लामा २३ शाखा सञ्चालनमा छन् ।
 

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ११ : २० बजे

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन