राष्ट्रपति भन्छन् : देशको आर्थिक अनुशासन खस्किएको महसुस भएको छ « Khabarhub

राष्ट्रपति भन्छन् : देशको आर्थिक अनुशासन खस्किएको महसुस भएको छ


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार शीतल निवासमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताए ।

उनले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन आग्रह पनि गरेका छन् ।

राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भए मात्रै मुलुकमा दिगो, शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास जनाए ।

प्रतिवेदनमा उठाइएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालालाई अझ बढी जवाफदेही बनाउने उनको भनाइ थियो ।

आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फसमेत कार्यालय अझै क्रियाशिल हुनुपर्ने उनले बताए ।

कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका थिए ।

त्यसक्रममा महालेखापरीक्षक रायाले आर्थिक वर्ष २०८१//०८२ मा ८८ अर्व ८ करोड ११ लाख कुल बेरुजु कायम भएको जानकारी दिए ।

जसमध्ये संघीय कार्यालयको ५३ अर्व ४८ करोड ७७ लाख, प्रदेश सरकारी कार्यालयको ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहको १९ अर्ब ४ करोड ७७ लाख र समिति तथा अन्य संस्थाको १० अर्ब ३२ करोड ७० लाख बेरुजु रहेको उनले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १ : ४५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण