राष्ट्रपति भन्छन् : देशको आर्थिक अनुशासन खस्किएको महसुस भएको छ « Khabarhub

राष्ट्रपति भन्छन् : देशको आर्थिक अनुशासन खस्किएको महसुस भएको छ


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार शीतल निवासमा महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताए ।

उनले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन आग्रह पनि गरेका छन् ।

राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भए मात्रै मुलुकमा दिगो, शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास जनाए ।

प्रतिवेदनमा उठाइएका विषयवस्तुले सम्बन्धित निकाय र सरोकारवालालाई अझ बढी जवाफदेही बनाउने उनको भनाइ थियो ।

आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फसमेत कार्यालय अझै क्रियाशिल हुनुपर्ने उनले बताए ।

कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका थिए ।

त्यसक्रममा महालेखापरीक्षक रायाले आर्थिक वर्ष २०८१//०८२ मा ८८ अर्व ८ करोड ११ लाख कुल बेरुजु कायम भएको जानकारी दिए ।

जसमध्ये संघीय कार्यालयको ५३ अर्व ४८ करोड ७७ लाख, प्रदेश सरकारी कार्यालयको ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहको १९ अर्ब ४ करोड ७७ लाख र समिति तथा अन्य संस्थाको १० अर्ब ३२ करोड ७० लाख बेरुजु रहेको उनले बताए ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १ : ४५ बजे

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व