भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य « Khabarhub

भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढाइएको छ। नयाँ मूल्य शुक्रबारदेखि नै लागू भएको हो।

अब राजधानी सहर दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ रुपैयाँ र डिजेल ९०.६७ रूपैयाँ पुगेको छ। करिब दुई वर्षपछि इन्धनको मूल्य बढाइएको हो।

यद्यपि, मूल्य वृद्धि भए पनि तेल कम्पनीहरूलाई पेट्रोल र डिजेलमा अझै प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घाटा भइरहेको बताइएको छ।

पेट्रोल र डिजेलसँगै प्रमुख सहरहरूमा सीएनजीको मूल्य पनि प्रतिकिलो २ रुपैयाँसम्म बढाइएको छ। दिल्लीमा अब एक किलो सीएनजीका लागि ७९.०९ रुपैयाँ तिर्नुपर्ने भएको छ।

उपभोग्य वस्तुको मूल्य पनि बढ्न सक्ने

डिजेलको मूल्यवृद्धिले प्रत्यक्ष रूपमा आम उपभोक्ताको खर्च बढाउने देखिएको छ। मालवाहक सवारीको भाडा बढ्न सक्छ, जसले गर्दा तरकारी, फलफूल र खाद्यान्न महँगिन सक्छ।

ट्र्याक्टर र पम्पसेट चलाउन किसानको लागत बढ्ने भएकाले कृषि उत्पादनको मूल्यमा असर पर्न सक्छ। सार्वजनिक यातायात, स्कूल बस तथा अटोको भाडा पनि बढ्न सक्ने अनुमान गरिएको छ।

किन बढ्यो मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र वृद्धिका कारण इन्धनको मूल्य बढाइएको हो। इरान–अमेरिका तनाव सुरु हुनुअघि प्रतिव्यारेल ७० डलर रहेको क्रुड आयल अहिले १०० डलर नाघेको छ।

कच्चा तेल महँगिएसँगै सरकारी तेल कम्पनीहरू आर्थिक दबाबमा परेका थिए। घाटा कम गर्न मूल्यवृद्धि गरिएको जनाइएको छ। यदि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्च नै रहिरहे थप मूल्यवृद्धि हुन सक्ने सम्भावना पनि औंल्याइएको छ।

छिमेकीपछि भारतमा पनि मूल्यवृद्धि

पश्चिम एसियाको द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य बढेपछि पाकिस्तान, नेपाल र श्रीलंकालगायत छिमेकी देशहरूमा पेट्रोल-डिजेलको मूल्य १५ देखि २० प्रतिशतसम्म बढाइएको थियो। भारतले अहिलेसम्म उपभोक्तामाथि भार नपारिएको दाबी गर्दै आएको थियो।

सन् २०२४ यता मूल्य स्थिर थियो

भारतमा पेट्रोल र डिजेलको मूल्य मार्च २०२४ यता स्थिर राखिएको थियो। लोकसभा निर्वाचनअघि सरकारले प्रतिलिटर २ रुपैयाँ घटाएर उपभोक्तालाई राहत दिएको थियो।

प्राविधिक रूपमा भारतमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारको १५ दिनको औसत मूल्यका आधारमा दैनिक परिवर्तन गर्न सकिने व्यवस्था भए पनि राजनीतिक संवेदनशीलताका कारण लामो समयसम्म मूल्य स्थिर राखिएको थियो।

तेल कम्पनीलाई मासिक ३० हजार करोड घाटा

सरकारका अनुसार इन्डिय आयल कर्पोरेशन, भारत पेट्रोलियम र हिन्दुस्ता पेट्रोलियम जस्ता सरकारी कम्पनीहरू उच्च कच्चा तेल मूल्यका कारण घाटामा थिए।

भारतीय पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माका अनुसार पेट्रोल, डिजेल र एलपीजी बिक्रीबाट कम्पनीहरूलाई हरेक महिना करिब ३० हजार करोड रुपैयाँ नोक्सानी भइरहेको थियो।

अझै बढ्न सक्छ मूल्य

विशेषज्ञहरूका अनुसार अहिले गरिएको ३ रुपैयाँको वृद्धि पर्याप्त छैन। पूर्ण रूपमा घाटा हटाउन पेट्रोलमा प्रतिलिटर करिब २८ रुपैयाँ र डिजेलमा ३२ रुपैयाँसम्म मूल्य बढाउनुपर्ने अवस्था रहेको बताइएको छ।

यदि इरानसँग सम्बन्धित तनावका कारण विश्व ऊर्जा बजारमा आपूर्ति प्रभावित भइरह्यो भने आगामी दिनमा थप मूल्यवृद्धि हुन सक्ने अनुमान गरिएको छ।

यसअघि एक्साइज ड्युटी घटाइएको थियो

यसअघि भारत सरकारले पेट्रोल र डिजेलको मूल्य नियन्त्रणमा राख्न विशेष एक्साइज ड्युटी प्रतिलिटर १०–१० रुपैयाँले घटाएको थियो।

पेट्रोलमा रहेको १३ रुपैयाँ विशेष अतिरिक्त एक्साइज ड्युटी घटाएर ३ रुपैयाँमा झारिएको थियो भने डिजेलमा रहेको १० रुपैयाँ ड्युटी शून्य बनाइएको थियो।

त्यसपछि पेट्रोलमा केन्द्रीय एक्साइज ड्युटी २१.९० रुपैयाँबाट ११.९० रुपैयाँमा झरेको थियो भने डिजेलमा १७.८ रुपैयाँबाट ७.८ रुपैयाँ कायम गरिएको थियो।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  २ : १८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना