ब्रिक्स बैठकमा इरान-यूएई भनाभन, सदस्य राष्ट्रले जारी गर्न सकेनन् साझा वक्तव्य « Khabarhub

ब्रिक्स बैठकमा इरान-यूएई भनाभन, सदस्य राष्ट्रले जारी गर्न सकेनन् साझा वक्तव्य


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- ब्रिक्स देशहरूको नयाँ दिल्लीमा भएको दुई दिने विदेश मन्त्रीहरूको बैठक कुनै साझा वक्तव्यबिना समाप्त भएको छ।

बैठकमा मध्यपूर्वको स्थितिबारे सदस्य देशहरूबीच मतभेद देखिएको हो । विशेष गरी इरान र संयुक्त अरब इमिरेट्स (यूएई) बीच तनाव देखिएको थियो।

ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको बैठक शुक्रबार नयाँ दिल्लीमा बिना साझा वक्तव्य सकिएको छ। आयोजक भारतले मध्यपूर्वको स्थितिबारे सदस्य देशहरूबीच केही मुद्दाहरूमा फरक-फरक मत भएकाले साझा वक्त्वय जारी गर्न नसकिएको बताएको छ।

भारतको तर्फबाट जारी वक्त्वयमा सदस्य देशहरूले संप्रभुता, समुद्री सुरक्षा, नागरिक संरचनाको सुरक्षा र मध्यपूर्वमा आमनागरिकको ज्यान जोगाउने जस्ता मुद्दाहरूमा आफ्नो-आफ्नो देशको स्थितिबारे स्पष्ट गरेका र फरक-फरक मत साटासाट गरेका उल्लेख छ।

वक्त्वयमा एउटा फुटनोट पनि राखिएको थियो, जसमा ‘एक सदस्य देश’ ले गाजा, रातो सागर र बाब-अल-मन्देब स्ट्रेटको सुरक्षासँग जोडिएका भागहरूमा आपत्ति जनाएको उल्लेख थियो।

इरान र यूएई तनाव

२८ फेब्रुअरी मा अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेका थिए। जवाफमा इरानले खाडी क्षेत्रमा अमेरिकी बेसहरूलाई निशाना बनाएको थियो।

इरानको आक्रमणबाट सबैभन्दा बढी यूएई प्रभावित भएको थियो । उसका तेल प्रशोधन केन्द्र र नागरिक पूर्वाधारलाई ठूलो क्षति पुगेको थियो।

इरानले अहिले पनि होर्मुज स्ट्रेट बन्द गरेको छ, जसले यूएई लगायत खाडी देशहरूको तेल र ग्यास आपूर्तिमा ठूलो असर पारेको छ।

बैठकमा इरानी विदेश मन्त्री अब्बास अराघचीले ब्रिक्स देशहरूलाई अमेरिका र इजरायलको अवैध आक्रामकता को निन्दा गर्न आह्वान गरेका थिए।

तर यूएईका विदेश राज्यमन्त्री खलीफा शाहीन अल मरारले इरानले छिमेकी देशहरूमाथि आक्रमण गरेको आरोप लगाए। यसले बैठकमा तीव्र बहस निम्त्याएको थियो।

ब्रिक्समा हाल ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रीका, इथियोपिया, मिस्र, इरान, यूएई र इन्डोनेसिया सदस्य छन्। यो घटनाले ब्रिक्सभित्रको मतभेदलाई उजागर गरेको छ । इरान-यूएई युद्धको सन्दर्भमा तनाव देखिएको हो ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ५ : ३२ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को