काभ्रेको नदी तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै « Khabarhub

काभ्रेको नदी तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काभ्रे– वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदी–तटीय क्षेत्रमा मौसम मापन केन्द्र तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ ।

सुनकोशी र रोशी नदी आसपासका विभिन्न क्षेत्रमा ती केन्द्रमा उपकरण व्यवस्थित गर्न थालिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जिल्लास्थित तीन वटा बाढी मापन केन्द्र र एउटा स्थानमा मौसम मापन केन्द्र स्थापना गर्न लागिएको हो । यसका लागि सरोकारवाला निकाय तथा स्थानीय नागरिकसँग विभागले छलफलसमेत गरिसकेको छ ।

मौसम र बाढीबारे जानकारी गराउन जिल्लाको सात स्थानमा मौसम मापन उपकरण र तीन स्थानमा बाढी मापन उपकरण जडान गरिएको विभागका वरिष्ठ हाइड्रोलोजिष्ट विनोद पराजुलीले जानकारी दिए । उनकाअनुसार धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाटमा मौसम मापन उपकरण जडान गरिएको छ ।

सुनकोशी नदीअन्तर्गत दोलालघाट र पचुवारघाट तथा पनौती बजार नजिकै बाढी मापन उपकरण जडान गरिएको छ । रोशी गाउँपालिका–२ फलामेसाँघुमा मौसम मापन उपकरण तथा पनौती र नमोबुद्ध नगरपालिकाको सिमाना, रोशी खोला पुल र रोशी–सुनकोशीको सङ्मस्थल नेपालथोक नजिकको पुलमा बाढी मापन उपकरण थप्ने प्रक्रिया अघि बढाइएको पराजुलीले बताए ।

उनका अनुसार पनौतीको गोरखनाथ मन्दिर छेउमा परीक्षणका लागि बाढीको जानकारी दिने बत्ती समेत जडान गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ११ : २१ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य