सांसदको कटाक्ष : भारतीय भूमि मिच्यौँ भनेर हिँडेका प्रधानमन्त्री बेपत्ता छन्, सुस्ताबासीलाई ढाडस दिन पुगे होला « Khabarhub

सांसदको कटाक्ष : भारतीय भूमि मिच्यौँ भनेर हिँडेका प्रधानमन्त्री बेपत्ता छन्, सुस्ताबासीलाई ढाडस दिन पुगे होला


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठकमा सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारसँग जवाफ माग गरेका छन्। उनीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले सुस्ताका नागरिकलाई ढाडस दिनुपर्ने बेला प्रधानमन्त्री मौन रहेको आरोप लगाइन्। उनले जेठ १७ र २९ गते भारतीय सुरक्षाकर्मी दुई पटक सुस्ता पुगेको उल्लेख गर्दै त्यसबारे सरकारको स्पष्ट धारणा आउनुपर्ने बताइन् ।

काउचाले मानवअधिकार आयोगको प्रतिवेदनमाथि छानबिन हुनुपर्ने विषयलाई बेवास्ता गरिएको आरोप लगाउँदै सुधन गुरुङसम्बन्धी प्रतिवेदनको अध्ययन र छानबिन नगरी मन्त्री नियुक्त गरिएको दाबी गरिन्।

संसद्को भूमिकालाई कमजोर बनाउने प्रवृत्ति बढेको भन्दै उनले संसद्लाई हेपिएको र कार्यपालिकाले आफूखुसी निर्णय गर्न खोजेको आरोप लगाइन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सेना जबरजस्ती प्रवेश गरेको दाबी गर्दै सीमा जोगाउन स्थानीय नागरिकले देखाएको साहसको प्रशंसा गरे ।

‘माटो जोगाउन छातीमा बर्दी होइन, देशप्रेम चाहिन्छ,’ उनले भने, ‘सरकारको उपस्थिति होस् या नहोस्, देश जोगाउन सीमाबासीले देखाएको अदम्य साहस ठूलो कुरा हो।’

गिरीले सुस्तामात्र नभई पशुपतिनगरदेखि महाकालीसम्मको करिब १५ सय किलोमिटर सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले विभिन्न समस्या भोगिरहेको उल्लेख गर्दै सीमाबासीप्रति सरकारको दृष्टिकोणबारे प्रश्न उठाए ।

प्रधानमन्त्रीको हालैको अभिव्यक्तिले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा संघर्षरत नेपालीहरूको भावनामा चोट पुगेको आरोप लगाउँदै उनले सीमा सुरक्षाका लागि थप प्रभावकारी उपाय अवलम्बन गर्न सरकारसँग माग गरे ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ११ : ५८ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका