चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति तत्काल गर्न डा.केसीको माग « Khabarhub

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति तत्काल गर्न डा.केसीको माग


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ चिकित्सक प्रा. डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदमा योग्य, दक्ष र स्वच्छ छविका व्यक्तिलाई अविलम्ब नियुक्त गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले आयोगको उपाध्यक्ष नियुक्तिमा भइरहेको ढिलाइले सरकार विभिन्न स्वार्थ समूहको प्रभावमा परेको अनुभूति गराएको बताएका छन् । उनले राजनीतिक दल, निजी संस्था तथा अन्य स्वार्थ समूहसँग आबद्ध उम्मेदवारलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् ।

उपाध्यक्ष नियुक्ति निष्पक्ष रूपमा योग्यता, दक्षता, अनुभव र स्वच्छ छविका आधारमा गर्नुपर्ने उल्लेख गर्दै उनले अन्यथा सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिएका छन् । 

डा.केसीले आफूहरू लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा सामाजिक न्यायका लागि संघर्षरत रहेको स्मरण गराउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा स्वास्थ्य तथा शिक्षा क्षेत्रका विद्यमान समस्या, चुनौती र समाधानसम्बन्धी सुझाव तथा मागहरू समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री, सम्बन्धित मन्त्रीहरू र संसदीय समितिमा बुझाइसकिएको उल्लेख गरिएको छ । 

उक्त ज्ञापनपत्रमाथि आवश्यक कारबाही अघि बढाउन पनि उनले सरकारसँग आग्रह गरेका छन् ।

प्रेस विज्ञप्ति

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर र त्यसमा सबै नेपाली नागरिकहरूको समतामूलक पहुँचको सुनिश्चितता गर्न बनेको चिकित्सा शिक्षा आयोगको रिक्त रहेको उपाध्यक्षको पदको नियुक्तिमा ढीलाइले बालेन सरकार विभिन्न स्वार्थ समूहको प्रभावमा परेको प्रस्ट अनुभव हुन्छ।

राजनीतिक र निजी संस्था लगायत अन्य स्वार्थपरक समूहसँग आबद्ध उम्मेदवारहरू (स्वार्थ बाझिने) हामीलाई स्वीकार्य हुने छैन। तसर्थ सो पदमा निष्पक्ष रूपमा योग्यता, दक्षता, अनुभव र स्वच्छ छविका आधारमा मात्र छनोट भएका व्यक्तिलाई अविलम्ब नियुक्त गर्न सरकारको पुन: गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यथा सत्याग्रह सहितका आन्दोलन गर्न बाध्य हुने कुरा पुन: जानकारी गराइन्छ।

हामी लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारलगायत सुशासन र सामाजिक न्यायको लागि पनि संघर्षरत रहेको तथ्य सरकारलाई पुन: अवगत गराउन चाहन्छौँ।

नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रका वस्तुस्थिति, चुनौती र समाधानका लागि सल्लाह, सुझाव र मागहरू समेत समेटेर प्रधानमन्त्री, सम्बन्धित मन्त्रीहरू र संसदीय समितिमा बुझाइएको ज्ञापनपत्र उपर आवश्यक कारबाही अगाडि बढाउन सरकारलाई अनुरोध गरिन्छ।

प्रा.डा.गोविन्द केसी,
काठमाडौं,
२०८३ जेठ ३१।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १२ : २५ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको