राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति « Khabarhub

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास गर्ने लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सहज भएको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले ‘राउटे संरक्षण नीति’ स्वीकृत गरेपछि राउटेको विकास र समृद्धिका लागि काम गर्न सहज भएको हो । 

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रममार्फत त्यससम्बन्धी नीति कार्यान्वयन गरिने जानकारी दिए । राउटेको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकीकरण गर्ने तथा सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीतिनिर्माण गरिएको मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले बताए।

प्रदेश सरकारले बनाएको नीतिमा घुम्ती तथा खेलका माध्यमबाट शिक्षण सिकाइका गतिविधि सञ्चालन गर्ने, भाषालाई लिपिबद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने तथा नागरिकता उपलब्ध गराउनेलगायतका विषय समावेश छ । 

नागरिकता बिना पनि सरकारबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका राउटेलाई अब नागरिकता वितरण गर्ने योजना अघि बढाइएको छ । खाम्ची भाषा बोल्ने राउटे समुदायको भाषालाई लिपिबद्ध गर्ने उल्लेख छ । लोपोन्मुख फिरन्ते जातिका रूपमा रहेको राउटे समुदायको संरक्षण गर्न राउटे कोरिडोरको अवधारणा पनि अघि सारेको छ । 

चालु आर्थिक वर्ष २०८२-८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबास स्थलको नक्सांकन आधारमा कोरिडोरको अवधारणा अघि सारिएको हो । 
 

प्रकाशित मिति : १ असार २०८३, सोमबार  २ : ४६ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व