अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने « Khabarhub

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर क्षेत्रमा सामूहिक योग तथा ध्यान कार्यक्रम हुने भएको छ।

विश्व शान्ति तथा आध्यात्मिक समाजको आयोजनामा हुन लागेको उक्त कार्यक्रममार्फत नेपाललाई योग, ध्यान र आध्यात्मिक चेतनाको केन्द्रका रूपमा विश्वसामु परिचित गराउने लक्ष्य राखिएको छ।

समाजले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै असार ७ गते अन्तर्राष्ट्रिय योग दिवसका दिन कैलाश–मानसरोवरमा योगाभ्यास तथा ध्यान कार्यक्रम आयोजना हुने जानकारी दिएको हो। कार्यक्रमका लागि सहभागी टोली असार ३ गते नेपालबाट प्रस्थान गर्ने तयारी गरिएको छ।

समाजका अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई योग र आध्यात्मिकताको पवित्र भूमि भएको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बताए।

उनका अनुसार भगवान् शिवको तपोभूमिका रूपमा परिचित कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनु नेपालका लागि गौरवको विषय हुनेछ।

‘कैलाश–मानसरोवरको पावन भूमिमा योग दिवस मनाउनु मात्र औपचारिक कार्यक्रम मात्र होइन, शान्ति, ध्यान र मानव एकताको सन्देश विश्वभर प्रवाह गर्ने अभियान पनि हो’,उनले भने, ‘नेपालको प्राचीन योग, ध्यान, तपस्या र आध्यात्मिक सभ्यतालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाउने अवसरका रूपमा हामीले यसलाई लिएका छौँ।’

उनले नेपाललाई ‘योगगुरुको देश’का रूपमा स्थापित गर्न तथा हिमालय क्षेत्रमा विकसित योग र ध्यान संस्कृतिको महत्त्व विश्वमाझ उजागर गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल, भारतसहित विभिन्न देशका योग शिक्षक, ध्यान साधक, तपस्वी, अनुसन्धानकर्ता तथा आध्यात्मिक अभियन्ताहरूको सहभागिता रहने बताइएको छ। आयोजकका अनुसार सय जनाभन्दा बढी साधकको सहभागितामा कैलाश–मानसरोवर क्षेत्रमा सामूहिक योग र ध्यान अभ्यास गरिनेछ।

समाजका योग साधक दुर्गाप्रसाद उपाध्यायका अनुसार संस्थाका नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा शाखा तथा साधना केन्द्र रहेका छन्। ती देशबाट समेत साधकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकले कैलाश–मानसरोवरमा हुने योग दिवस कार्यक्रमले नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धनमा योगदान पुग्ने विश्वास लिएको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ४ : ३३ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच