कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत « Khabarhub

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आवका लागि रु ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेट अनुसार पुँजीगततर्फ रु २० अर्ब ७४ करोड ६७ लाख १२ हजार र चालुतर्फ रु आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार विनियोजन गरिएको उनले बताए । यो बजेट चालु आर्थिक वर्षको तुलनामा सात दशमलव २८ प्रतिशतले वृद्धि भएको हो ।

योजनामन्त्री शाहका अनुसार वित्तीय व्यवस्थापनतर्फ रु ५० करोड, स्थानीय तहमा वित्तीय हस्तारणतर्फ रु पाँच अर्ब ५४ करोड ७२ लाख ८० हजार रकम विनियोजन गरिएको छ ।

आगामी आवका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रु ८५ करोड पाँच लाख ९० हजार र चालु आवको खर्च नभई बचत हुने रकम रु छ अर्ब ४१ करोड ५१ लाख नौ हजार, सङ्घीय सरकारबाट राजस्व बाँडफाँडवापत प्राप्त हुने रकम रु १० अर्ब ६६ करोड ५० लाख ४९ हजार विनियोजन गरिएको छ ।

वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट रु पाँच अर्ब ६७ करोड २५ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ रु ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फ रु ४८ करोड ५६ लाख परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

सङ्घीय सरकारबाट सशर्त अनुदानबाट प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि अपुग रकमबाट स्रोत परिचालन गरिने योजनामन्त्री शाहले जानकारी दिए । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ३२ अर्ब ९९ करोड ६६ लाख ९५ हजार बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ९ : ०९ बजे

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत