नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक « Khabarhub

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ ।

त्यसै व्यवस्थाअनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालित क्रसर तथा बालुवा उद्योगले आव २०८२–८३ को कारोबार विवरणसहितको अन्तिम मौज्दात प्रमाणित गरी आव २०८३–८४ को कारोबार प्रारम्भ गर्नुपर्ने भएको जनाउँदै उपमहानगरपालिकाले २०८३ असार ३२ गते राति १२ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म, उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसारपसार कार्य बन्द गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ९ : ३१ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम