बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा « Khabarhub

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– बागमती नदीको कटानले टौदहपूर्वका केही घर जोखिममा परेका छन् । कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यककाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि पछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका हुन् ।

टौदहका स्थानीयवासी मिलन खड्काले भने, बागमति नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन् । अहिले नै पूर्वतर्फका कान्लाहरूबाट टौदहको पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्छ ।’

बागमतीको पारिपट्टि ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि वाग्मतीले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको उनले बताए । यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका–४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ ।

खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर कीर्तिपुर नगरपालिकाका तर्फबाट त्यसको पहल नगर्ने प्रवृत्तिले गर्दा कटान रोकथामको काम नभएको अर्का स्थानीय अन्जिल खड्का बताउँछन् ।

रेखाङ्कन र सीमाङ्कनको समस्या
विभिन्न निकायहरूले बागमती नदीको कटानबाट टौदह र बस्तीलाई जोगाउन टतबन्ध, टेवा पर्खाल आदिका लागि बजेट छुट्याउने गरेका छन् । तर सीमा कहाँसम्म हो भन्ने एकिन नहुँदा त्यस्ता बजेट त्यसै फिर्ता जाने गरेको पनि स्थानीयवासी खड्का बताउँछन् । सीमाङ्कन नभएका कारण निर्माण व्यवससायीले काम सुरु गर्न नमानेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ९ : ५१ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।