सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ « Khabarhub

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।

सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिबाट प्रहरीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीसहित निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन् ।

निषेधित क्षेत्र तोडेर प्रदर्शन र नाराबाजी गर्न खोजेपछि उनीहरूलाई सुरक्षाका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १० : १७ बजे

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६