वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण « Khabarhub

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

सुक्खा समयमा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरको समन्वय र प्राविधिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी निर्माण गरेको हो ।

वन क्षेत्रमा तापक्रम बढ्नु र पानीका स्रोत सुक्दै जान थालेपछि वन्यजन्तु बस्ती क्षेत्रमा पस्ने समस्या बढ्दै गएको छ । यस्तो अवस्थामा त्यस्ता पोखरीले वन्यजन्तु संरक्षणमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले बताए ।

डिभिजन वन कार्यालयका वन अधिकृत नुर मुहमत मियाका अनुसार वन्यजन्तु तथा बासस्थान संरक्षण कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरिएको हो । पोखरी निर्माणमा कार्यालयको पाँच लाख र उपभोक्ता समूहको श्रमदान बराबर ५३ हजार गरी कुल पाँच लाख ३८ हजार खर्च भएको छ ।

वन क्षेत्रमा नै पानीको व्यवस्था भएपछि मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सहयोग पुग्ने उनको भनाइ छ । ‘वनमा पानीको अभाव हुँदा वन्यजन्तु बस्तीमा पस्ने गरेका छन् । त्यसलाई रोक्न यस्ता संरचना आवश्यक छन्,’ उनले भने, ।

डिभिजन वन कार्यालयका कर्मचारी सीताराम ओझाले पोखरी निर्माणले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए । पानी सहज रूपमा उपलब्ध भएपछि वन्यजन्तुलाई वन क्षेत्रमै बस्न सहज हुने उनको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर भट्टराईले पोखरी निर्माणले वनको जैविक विविधता संरक्षणमा सहयोग पुग्ने बताए । यस्ता संरचनाले वन्यजन्तुको बासस्थान जोगाउन र वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्ने उनले बताए ।

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जानु र खडेरी बढ्दै जाँदा वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा भुल्के छोक्ला सामुदायिक वनमा निर्माण गरिएको पोखरी वन्यजन्तु संरक्षणका लागि उपयोगी हुने स्थानीयवासीको भनाइ छ । वन कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ११ : ४४ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल