‘सुकुम्वासीको मृत्यु संस्थागत हत्या जस्तै, सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाऔँ’ « Khabarhub

‘सुकुम्वासीको मृत्यु संस्थागत हत्या जस्तै, सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाऔँ’


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएको आरोप लगाएकी छन् ।

उनले बालेनलाई सभामुख डीपी अर्यालले रुलिङ गरी प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिन लगाउनुपर्ने माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाह निरन्तर संसद्मा उपस्थित नभएको र उठेका प्रश्नबाट पन्छिने गरेको आरोप लगाइन्।

प्रधानमन्त्री शाहले संसद्मा आएर सम्बोधन गर्दै जनतामा विश्वास जगाउनुपर्ने उनको भनाइ थियो।

सांसद गुरुङले देशमा पछिल्ला दिनमा भएका घटनाले नागरिकमा निराशा बढाएको बताउँदै सरकारले मूल समस्याको समाधान गर्नुको सट्टा विषयान्तर गर्न खोजेको आरोप लगाइन्।

कीर्तिपुरमा सुकुम्वासी बस्ती डुबानमा परेको र आत्मदाहको घटना हुँदा पनि सरकारले गम्भीरता नदेखाएको उनको भनाइ थियो।

सरकारले डोजर चलाएपछि हालसम्म नौ जना सुकुम्वासीले ज्यान गुमाएको उनले बताइन् । १८ महिनाको बालकदेखि ७० वर्षसम्मका नागरिकले ज्यान गुमाउनु राज्य संयन्त्रबाट भएको ‘संस्थागत हत्या’ जस्तै भएको टिप्पणी उनले गरिन्। यस्ता घटनाका आधारमा सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा किन नचलाउने भन्ने प्रश्न पनि उनले उठाइन्।

मुगुका गणेश नेपालीसहितका व्यक्तिले आत्मदाहजस्तो पीडादायी निर्णय लिनु नागरिकमा बढ्दो निराशाको प्रतिविम्ब भएको उल्लेख गर्दै उनले आत्मदाह सरकारको असफलताको संकेत पनि भएको बताइन्।

सांसद गुरुङले महँगी अत्यधिक बढेको, नागरिकमा निराशा फैलिएको र सरकारको कार्यशैलीले मुलुकलाई दुर्घटनातर्फ धकेलिरहेको आरोप लगाइन्। सरकारको कमजोरी औँल्याउँदा जेन–जी युवामाथि आक्रमण भएको र पत्रकारलाई समेत तर्साउने काम भएको उनको भनाइ थियो।

उनले युवाको नेतृत्वमा रहेको सरकारले करुणाभन्दा अहंकार देखाएको आरोप लगाउँदै नागरिक समाज र युवाले उठाएका प्रश्नको जवाफ दिन सरकार तयार हुनुपर्ने बताइन्। प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनताका प्रश्नको सामना गर्नुपर्ने उनको जोड थियो।

सांसद गुरुङले सरकार र संसद् ‘बर्थडे पार्टी’ नभएको टिप्पणी गर्दै प्रधानमन्त्रीको लोकतान्त्रिक व्यवस्था, कानुनको शासन र संसदीय उत्तरदायित्वप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको बताइन्।

प्रधानमन्त्री र सरकारको कार्यशैलीले युवा पुस्ताको शिर झुकाएको भन्दै विधि, प्रक्रिया र लोकतन्त्रमाथि प्रहार भए कांग्रेसले खबरदारी जारी राख्ने चेतावनी पनि दिइन्।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १ : ४३ बजे

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं– टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २०

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव