गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’ « Khabarhub

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शनमा रहेका किसानहरूसँग छलफल गरेका छन् । 

प्रदर्शनमा रहेका किसानलाई आजै मन्त्री चौधरीले किसान प्रतिनिधिहरूलाई मन्त्रालयमा आमन्त्रण गरी उनीहरूका गुनासा र मागबारे विस्तृत छलफल गरेकी हुन् ।

मन्त्री चौधरीले भनिन्, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर  कडा अनुगमनको व्यवस्था गरेका छौं, यसमा बिचौलिया रोक्नका लागि कृषि विधेयक अघि बढाएका छौँ ।’ कृषि ऐन बनेपछि बिचौलियाको समस्या समाधान हुने उनको भनाई थियो । 

मन्त्री चौधरीले किसानलाई आफ्नो उत्पादन नजिकका हाटबजारमा विक्री वितरण गर्न आग्रह गर्दै सबैले उत्पादित सामग्री बेच्न कालीमाटी बजारमा आइरहन नपर्ने बताइन् । 

‘हामीले किसानका पीडा बुझेका छौँ, किसानका समस्या सुनुवाइ गर्न र समाधान गर्नका लागि म किसानको खेतमा पनि आउन तयार छु,’ मन्त्री चौधरीले भनिन्, ‘आन्दोलन समाधान होइन, सहजीकरणमा आउनुस्, किसानसम्म रासायनिक मल सहज रुपमा पुगोस् भनेर हामीले कडा अनुगमनको व्यवस्था गरेका छौँ ।’

छलफलका क्रममा किसानका समस्यालाई गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी व्यवहारिक समाधानका लागि पहल गरिने विश्वास दिलाएको मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा मन्त्री चौधरीले किसानको पीडाप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै भनिन्, ‘म पनि किसानकी छोरी हुँ । किसानले भोग्नुपरेको पीडा र संघर्षलाई मैले नजिकबाट बुझेकी छु । किसानका जायज माग सम्बोधन गर्न मन्त्रालय सधैँ सकारात्मक र प्रतिबद्ध रहनेछ।’

सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा कृषि क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताइन् ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ६ : ४६ बजे

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा