सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता « Khabarhub

सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुकुम्वासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ।

 बुधबार प्रतिनिधिसभाको बैठकमा चार दलका सांसदहरूले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका सांसदहरूको समर्थन रहेको छ।

श्रम संस्कृति पार्टीका नेता तथा सांसद आरेन राईका अनुसार सुकुम्बासी बस्ती हटाउँदा अपनाइएको प्रक्रियाबारे संसद्‌मा छलफल गराई सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले उक्त प्रस्ताव दर्ता गरिएको हो।

प्रस्तावमार्फत सुकुम्बासीको आवास अधिकार, वैकल्पिक व्यवस्थाको सुनिश्चितता तथा बस्ती हटाउने क्रममा अपनाइएका प्रक्रियाबारे सरकारसँग जवाफ माग्ने तयारी गरिएको जनाइएको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ३१ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर