जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता « Khabarhub

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।

पहिरोमा परी गम्भीर घाइते भएका भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा शनिबार बिहान ४:५० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यसअघि सोही वडाका ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा मृत फेला परेका थिए।

साउन ३० गते दिउँसोदेखि परेको वर्षापछि भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा पहिरो जाँदा घरटहरा भत्किनुका साथै सर्वसाधारण विस्थापित भएका छन्। पहिरोमा परी अन्य ६ जना घाइते भएका छन्। गम्भीर घाइते ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी र ५७ वर्षीया भद्राकली कार्कीलाई जाजरकोट जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ। अन्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

पहिरो आएपछि भाग्ने क्रममा सोही वडाका ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।

पहिरोका कारण घर भत्किएपछि तथा जोखिम बढेपछि रिसाङ क्षेत्रका ६०–७० घरपरिवारका करिब दुई सय मानिसलाई स्थानीय त्रिभुवन आधारभूत विद्यालय तथा नजिकैका डाँडामा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ। बाटो अवरुद्ध भएका कारण सुरक्षाकर्मी पैदलै पुगेर खोज तथा उद्धार कार्य गरिरहेका छन्।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १० : २८ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र