देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित « Khabarhub

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट प्रस्तुत ५ प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

गत शुक्रबारबाट काठमाडौँमा जारी राष्ट्रिय भेलामा शनिबार ५ प्रतिवेदनहरू प्रस्तुत भएका थिए । 

भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले पेस गरेको साङ्गठनिक प्रस्ताव, एनपी साउदले पेस गरेको समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतले प्रस्तुत गरेको नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव परिमार्जनसहित पारित भएका हुन् । 

शनिबार प्रस्तुत भएका प्रस्तावमाथि राष्ट्रिय भेलामा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो । 

समूहका नेताले ती प्रस्तावमा के के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राखेका थिए । भेलामा बेल्दै पुर्व उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने प्रस्ताव राखेको बताए । 

त्यस्तै, १५औँ महाधिवेशनसम्म पार्टीका नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजकले संयोजन गर्दै जाने निधिले बताए ।

त्यसतै नेता डा. प्रकाशशरण महतले पार्टीको आगामी आर्थिक मार्गचित्र स्पष्ट पार्दै प्रजातान्त्रिक समाजवादको जगमा उभिएर मुलुकको आर्थिक रूपान्तरण गर्नुपर्ने बताए । 

महतले किसानले समयमा मल नपाउने, उत्पादनको उचित मूल्य नपाउने र प्रविधिको अभाव खेप्नुपर्ने अवस्थाको अन्त्यगर्दै किसानका समस्यालाई कांग्रेसले आफ्नो मुख्य एजेण्डा बनाउनुपर्नेमा जोड दिए । 

संविधानमा रहेका कतिपय विरोधाभासका बाबजुद कांग्रेसले आफ्नो मौलिक सिद्धान्त प्रजातान्त्रिक समाजवादलाई नछाड्ने स्पष्ट पारे ।

त्यसतै कार्यक्रमलाइ सम्बोधन गर्दै नेता कृष्ण प्रसाद सिटौलाले निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्नेछ भन्नेमा आफुहरु विश्वस्त रहेको बताए । 

उनले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पुर्नबहाली हुने बताए । नेता सिटौलाले संकटबाट गुज्रिरहेको देशलाई समाधान दिने जिम्मेवारी कांगे्रेसको काँधमा रहेको उल्लेख गर्दे यो जिम्मेवारी पुरा गर्नका लागि बृहत् एकताको खाँचो रहेको स्पष्ट पारे ।

नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं महाधिवेशन तयारीको जिम्मा पूर्वमहामन्त्री डा.सशांक कोइरालालाई दिएको छ । 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ४ : ३७ बजे

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा