राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल « Khabarhub

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला अध्यक्षमा रामभवन यादव निर्वाचित भएका छन्।

जिल्ला अधिवेशनमा चार जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धाबाट यादव जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार सुनवलमा जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए।

यसैगरी, राप्रपाको नागार्जुन नगरपालिका अधिवेशनबाट महेश रिमाल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्। रिमाल नागार्जुन नगरपालिका–५ का वडाध्यक्षसमेत हुन्। उनी बहालवाला जनप्रतिनिधि हुन्। रिमाल यसअघि पनि सोही वडाको अध्यक्षमा निर्वाचित भएका थिए।

राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनलाई लक्षित गर्दै पार्टीले भदौ मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ४ : ४१ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई