तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह « Khabarhub

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह गरेकी छन् ।

मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गरिन् । 

पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको शक्ति आफ्नो विचार मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा दृष्टिकोण बनाउने संस्कारमा रहने उल्लेख गर्दे आफूभन्दा भिन्न विचार राख्नेहरूप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिइन् । 

उनले प्रविधि र सामाजिक सञ्जालका कारण आजको पुस्ता बढी सूचना सम्पन्न भए पनि धेरै सूचना हुनु र सही ज्ञान हुनु फरक विषय भएको स्पष्ट पारिन् । 

पूर्वराष्ट्रपति भण्डारीले राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र नभएको उल्लेख गर्दै समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने र नीति निर्माणमा भूमिका खोज्ने निरन्तर प्रक्रियाका रूपमा युवा सहभागिता अघि बढ्नुपर्ने बताइन् । 

उनले मदन भण्डारीका विचारलाई समय र बदलिँदो परिवेश अनुसार अध्ययन गरी आत्मसात गर्नुपर्नेमा जोड दिइन्।

पूर्वराष्ट्रपति भण्डारीले देशमा परिवर्तनका अपेक्षा उच्च रहेको र युवामा नयाँ सोच तथा ऊर्जा भएकाले त्यसलाई समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्नुपर्ने धारणा राखिन् । 

उनले युवालाई लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत र जिम्मेवार नागरिक बन्न आग्रह गरिन् ।  

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ६ : ०३ बजे

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर– हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको

गालीगलौजमा उत्रिन थाले पार्टी बैठक र प्रतिवेदन छल्दै हिँडेका ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह प्रदेश कोशी