बीपीका विचारलाई स्वार्थअनुकूल व्याख्या गर्न नहुने : गगन थापा « Khabarhub

बीपीका विचारलाई स्वार्थअनुकूल व्याख्या गर्न नहुने : गगन थापा


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जननायक बीपी कोइरालाका विचार र निर्णयहरूलाई नेताहरूले आफ्नो अनुकूलता र सुविधाअनुसार मात्रै व्याख्या गर्न नहुने बताएका छन् ।

आइतबार लेखक धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले बीपी कोइराला केवल एक राजनीतिक दलका नेता मात्र नभई समयभन्दा अगाडि देख्न सक्ने महान् चिन्तक भएको उल्लेख गरे । 

सभापति थापाले २०३३ सालमा बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति तत्कालीन परिवेश, सार्वभौमसत्ता, र लोकतान्त्रिक मूल्य–मान्यतासँग जोडिएको ऐतिहासिक निर्णय भएको प्रस्ट पार्दै अहिलेको राजनीतिमा स्वार्थ पूरा गर्न रातारात बीपीलाई सम्झने र आफूलाई जे मन लाग्छ त्यहीअनुसार बीपीको नाम दुरुपयोग गर्ने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाए । 

उनले पछिल्लो समय कांग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’ को प्रसङ्गमा बीपी कोइरालालाई सम्झिने गरेको टिप्पणी गरे । 

सभापति थापाले राजनीतिक सफलता र असफलताको परिभाषा पद वा सत्ता प्राप्तिमा मात्र सीमित हुन नहुने धारणा राखे ।

सभापति थापाले लेखक धर्म गौतम जस्ता पुराना पुस्ताका सयौँ–हजारौँ निष्ठावान् कार्यकर्ताहरूले जीवनभर गरेको त्याग र समर्पणकै कारण आज मुलुकमा लोकतन्त्र सम्भव भएको स्मरण गरे । 

कति पटक मन्त्री, सांसद वा मेयर बनियो भन्ने आधारमा मात्रै व्यक्तिको राजनीतिक मूल्यांकन गर्दा निष्ठाको राजनीति ओझेलमा पर्ने उनको भनाइ थियो । 

इतिहासका वास्तविक संस्मरण र त्यागका कथाहरू नयाँ पुस्तामाझ पुर्‍याउन यस्ता ऐतिहासिक पुस्तकहरू अत्यन्तै महत्वपूर्ण र आधिकारिक दस्तावेज हुने थापाले बताए । 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ६ : ५२ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी