नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ? « Khabarhub

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल जिल्लास्थित वीरपुरमा विमानस्थलको निर्माण तथा विस्तार कार्यले तीव्रता लिएको छ । यो निर्माणाधीन विमानस्थल कोशी ब्यारेजदेखि केबल १० किलोमिटरको दूरीमा पर्छ ।

बिहारका उपमुख्यमन्त्री बिजेन्द्रप्रसाद यादवले निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षण गरेसँगै यसले चर्चा पाएको छ । निरीक्षणका क्रममा उनले विमानस्थल निर्माणको ठेक्का प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै आगामी दुई वर्षभित्र सम्पूर्ण काम सम्पन्न गरिने स्पष्ट पारेका छन् ।

लगभग ६४ करोड ८० लाख भारतीय रुपैयाँको लागतमा बन्ने यो विमानस्थल कोड-२ बी श्रेणीका विमानहरूको सञ्चालन अनुरूप तयार गरिँदैछ । यस परियोजनाअन्तर्गत करिब १२ सय मिटर लामो हालको रनवेलाई विस्तार गरी तीन किलोमिटरसम्म पुर्‍याउने योजना रहेको छ ।

जसले गर्दा व्यावसायिक विमानहरूको सहज आवागमन सुनिश्चित हुनेछ । विमानस्थल परिसरमा रनवे, ट्याक्सीवे, एप्रन, पेरिमीटर रोड, ग्राउन्ड सर्भिस क्षेत्रका साथै आधुनिक प्रिफेब्रिकेटेड स्टिल टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) टावर र फायर स्टेसनलगायतका आधारभूत संरचनाहरू निर्माण गरिनेछन् ।

विमानस्थल विस्तारका लागि पहिलो चरणमा राज्य सरकारले ४२ करोड ३७ लाख रुपैयाँभन्दा बढी स्वीकृत गरेको थियो भने हालै ८८.८३ एकड अतिरिक्त जग्गा अधिग्रहणका लागि थप २९ करोड ५६ लाख रुपैयाँभन्दा बढीको प्रशासनिक स्वीकृति प्रदान गरिएको छ । वीरपुर मौजा, नाग पिपराही र परमानन्दपुर क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया, पुनर्वासन एवं पुनर्व्यवस्थापन अधिनियम-२०१३ अनुसार अगाडि बढाइएको छ ।

प्रभावित जग्गाधनीहरूलाई ई-ल्याण्ड पजेशन सर्टिफिकेट (ईएलपीसी) का आधारमा प्राथमिकताका साथ छिटोभन्दा छिटो मुआब्जा वितरणको कार्य भइरहेको स्थानीय प्रशासनले जनाएको छ । सामाजिक प्रभाव आकलन रिपोर्ट अनुसार विस्थापितहरूको संख्या नगण्य रहेको छ ।

यसैबीच, यस विमानस्थललाई केवल यातायातको साधनमा मात्र सीमित नराखी भारतको एक प्रमुख फ्लाइङ ट्रेनिङ हब र एड्भेञ्चर स्पोट्र्सको केन्द्रका रूपमा विकास गर्ने महत्वकाक्षी योजनामा समेत काम भइरहेको छ । नागरिक उड्डयन मन्त्रालय र एयरो क्लब अफ इण्डियाबीचको सहकार्य अन्तर्गत केन्द्र तथा राज्य सरकारका प्रतिनिधिहरूले पनि विमानस्थलको निरीक्षण गरिसकेका छन् ।

यस अन्तर्गत यहाँ विमानन प्रशिक्षण (फ्लाइङ्ग ट्रेनिङ स्कुल) सञ्चालन गर्नुका साथै पावर्ड फ्लाइङ्ग, ग्लाइडिङ, बेलुनिङ, स्काईडाइभिङ, प्याराग्लाइडिङ, ह्याङ ग्लाइडिङ्ग, प्यारासेलिङ्ग, ड्रोन र एयरोमाडलिङलगायत विभिन्न साहसिक खेल गतिविधिहरूको व्यवस्था गर्ने योजना बनाइएको छ ।

भारत-नेपाल सीमा नजिकै अवस्थित हुनाले सामरिक, प्रशासनिक तथा आर्थिक दृष्टिकोणबाट यो परियोजना अति महत्वपूर्ण मानिएको छ। विमानस्थल सञ्चालनमा आएपछि सुपौल, सहरसा, मधेपुरा, अररिया र मधुबनीलगायत कोसी तथा सीमाञ्चल क्षेत्रका लाखौं मानिसहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।

नेपालको सुनसरीसहित पूर्वी तराईका जिल्लाहरूमा यसबाट व्यापारिक गतिविधिहरू चलायमान हुने अपेक्षा गरिएको छ भने पूर्वी पहाडका विभिन्न पर्यटकीय क्षेत्रहरूमा भारतीय तथा आन्तरिक पर्यटकहरूको आगमन उल्लेख्य रूपमा वृद्धि हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ७ : ३० बजे

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक