समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता « Khabarhub

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान गरी प्रभावकारी समाधानका उपाय खोज्न आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री मेहताले अस्पतालमा सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटरलगायत अन्य अत्याधुनिक उपकरण जडानका लागि ठाउँको अभाव भएकाले भदौभित्रै नयाँ भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएकी छन् ।

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल तथा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था जानकारी लिन राजविराज आएकी स्वास्थ्यमन्त्री मेहताले अस्पतालमा भवनको अभाव रहेकाले यथाशीघ्र निर्माण गरी हस्तान्तरण गर्न सरोकार भएकालाई आग्रह गरिन् ।

करिब ३१ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन गरेपछि यहाँका अधिकांश समस्या समाधान हुने बताउँदै उनले आगामी भदौभित्र भवन हस्तान्तरण गरी अस्पतालको सेवा प्रवाह व्यवस्थित बनाउन सहकार्य र समन्वय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएकी हुन् ।

अस्पतालको सभाकक्षमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको समस्या बुझ्न र समस्या पहिचान गरी समाधान खोज्न स्थलगत अवलोकन गरिएको बताए । 

टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित भारदह अस्पताल, राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पताल तथा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणस्थलको स्थलगत निरीक्षण गरेको छ ।

हाल ५० शय्यामा सञ्चालन भइरहेको अस्पतालमा सेवा विस्तार गरी एक सय शय्या पुर्‍याउने तयारी भइरहेको उनले जानकारी दिइन् ।

राजविराजमै रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि यहाँका सर्वसाधारणलाई उपचार सहज र छिटो प्राप्त उनले विश्वास व्यक्त गरिन् । 

मन्त्री मेहताले प्रतिष्ठानका लागि चालु आवमा ५० करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी दिँदै अब ऐन पारित गरी प्रतिष्ठानको निर्माण पनि छिट्टै अघि बढाइने बताइन् । 

टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहता, प्रतिनिधिसभाका सदस्यद्वय डा अङ्किता ठाकुर र पुष्पा चौधरीसहित सहभागी थिए । 

अस्पतालका अधिकृत सूर्यकान्त झाले हाल ५० शय्याको स्वीकृति प्राप्त गरी ठूलो सङ्ख्यामा बिरामीलाई सेवा प्रदान गर्दै आउनुपरेको बताए । 

उनले थप शय्या विस्तार गर्न तथा नर्सिङ कलेजका लागि नयाँ भवन तयार भए पनि जनशक्ति र बजेट अभावका कारण सञ्चालन हुन नसकेकाले आवश्यक व्यवस्था गर्न मन्त्री मेहतालाई आग्रह गरे ।

उनले लामो समयदेखि अस्पताल विकास समिति गठन हुन नसकेकाले समिति गठन गर्नुपर्ने, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण गर्नुपर्नेलगायत चार बुँदे अनुरोध पत्र मन्त्री मेहतालाई बुझाएका थिए । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र मण्डलको अध्यक्षतामा आयोजित संवाद कार्यक्रममा स्थानीयका तर्फबाट दीपेन्द्र चौधरीले अस्पताल सुधारका १५ बुँदे ज्ञापनपत्र मन्त्री मेहतालाई बुझाए । 

उनले नगर स्थापनाकालदेखि बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी परिवारले अझै लालपुर्जा पाउन नसकेको भन्दै पहलका लागि मन्त्री मेहताको ध्यानाकर्षण गराएका थिए ।
 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ७ : ५६ बजे

सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार