निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव « Khabarhub

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा उद्धार गर्ने क्रममा चिलिमेको सुरुङभित्र चार शव फेला पारेको छ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुरुङभित्र थप मानिस जीवित वा मृत अवस्थामा रहेको हुनसक्ने सम्भावना रहेकाले खोजी कार्य जारी छ ।

भोटेकोशीमा आएको बाढीपछि सुरुङभित्र फसेकाहरूको खोजीका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । टोलीले सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अन्य अवरोध हटाउँदै खोजी गरिरहेको छ ।

खोजीका क्रममा चार शव भेटिए पनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ३ : ४९ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट