आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६ सेप्टेम्बर १६ तारिख। भदौ शुक्ल पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीभाइको सहयोगी व्यवहारले मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर प्राप्त होला। आम्दानी बढ्नेछ।

मिथुन : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले साथले सोचेका काम बन्ने दिन रहेको छ । पारिवारिक मेलमिलाप हुनेछ । व्यवहार गर्दा सचेत हुने दिन छ ।

कर्कट : शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। लगानीबाट नाफा हुनेछ। कामका लागि हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्।

सिंह : हरेक काममा जोखिम थपिने छन्। आम्दानी भन्दा खर्च बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। साथीसँग काम गर्दा सचेत हुनुपर्ने दिन छ ।

कन्या : यात्रामा सचेत हुनुपर्नेछ । शुभकार्यको सुरुवात  हुनेछ। परिवारमा एकपछि अर्को समस्या थपिने हुँदा गोपनीयता भंग नगर्नु राम्रो होला। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मिहिनेतको फल मिल्ने दिन छ ।

तुला : मानसम्मान प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार देखिँदा मनमा खुसी मिल्नेछ । राज्यका तर्फबाट हुने जोखिमबाट जोगिनु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। विद्वान व्यक्तिसँगको भेट बढ्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासलाई निरन्तारता दिनु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

धनु : आज अनावश्यक यात्राले दुःख दिनेछ। परिवारमा संकट देखिन्छ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। लगानी गरेको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। शिक्षामा प्रगति हुनेछ। हरेक काममा थप मिहिनेत गर्नु उचित हुनेछ ।

मकर : अचानक अवसर प्राप्त हुनेछ। स्वाथ्यमा गरेको काममा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा भने नाफा हुनेछ ।

कुम्भ : एकपछि अर्को अवरोध हट्नेछन्। पठनपाठनमा रुची बढ्नेछ। कतै यात्रामा जाने मौका मिल्नेछ । यात्रा सुखद् हुनेछ । साथीभाइसँगको भेटले मनमा खुसी प्राप्त हुनेछ ।

मीन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछ। आफन्तसँग भेटघाट बढ्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ।  

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ५ : १५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको