आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित « Khabarhub

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा आर्सनलले इङ्लिस लिग कपमा इप्सविच टाउनलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। पोर्टम्यान रोडमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले भने उनको विकासमा कुनै हतार नगर्ने र संयम अपनाउने बताएका छन्।

गत सिजन १३ खेल खेलेका डोउम्यानले जारी सिजन भने प्रायः बेन्चमै समय बिताउनु परेको थियो। मंगलबारको खेलमा पाएको अवसरलाई सदुपयोग गर्दै उनले दुई उत्कृष्ट गोल गरे। पहिलो डिफेन्डरहरूलाई छक्याउँदै सुन्दर सोलो गोल गरेका डोउम्यानले दोस्रो गोलमा परिपक्वता देखाउँदै बललाई पोस्टको तल्लो कुनामा दिशा दिएका थिए।

यो प्रदर्शनसँगै उनी सन् २००२ मा एभर्टनका लागि वेन रुनीले गरेयता कुनै पनि प्रतियोगितामा एकै खेलमा दुई गोल गर्ने पहिलो १६ वर्षीय प्रिमियर लिग खेलाडी बनेका छन्।

डोउम्यानको प्रशंसा गर्दै प्रशिक्षक अर्टेटाले भने, “उनी अद्भुत र अप्रत्याशित खेलाडी हुन्। तर उनी अझै १६ वर्षका मात्र हुन्। हामीले उनको विकासमा बाधा पुर्‍याउनु हुँदैन, न त धेरै हतार नै गर्नुहुन्छ। प्रिमियर लिगको माग र दबाब फरक हुने भएकाले उनलाई सही समय र वातावरणमा मात्र मैदानमा उतार्न आवश्यक छ।”

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ८ : ४४ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ