आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित « Khabarhub

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा आर्सनलले इङ्लिस लिग कपमा इप्सविच टाउनलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। पोर्टम्यान रोडमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले भने उनको विकासमा कुनै हतार नगर्ने र संयम अपनाउने बताएका छन्।

गत सिजन १३ खेल खेलेका डोउम्यानले जारी सिजन भने प्रायः बेन्चमै समय बिताउनु परेको थियो। मंगलबारको खेलमा पाएको अवसरलाई सदुपयोग गर्दै उनले दुई उत्कृष्ट गोल गरे। पहिलो डिफेन्डरहरूलाई छक्याउँदै सुन्दर सोलो गोल गरेका डोउम्यानले दोस्रो गोलमा परिपक्वता देखाउँदै बललाई पोस्टको तल्लो कुनामा दिशा दिएका थिए।

यो प्रदर्शनसँगै उनी सन् २००२ मा एभर्टनका लागि वेन रुनीले गरेयता कुनै पनि प्रतियोगितामा एकै खेलमा दुई गोल गर्ने पहिलो १६ वर्षीय प्रिमियर लिग खेलाडी बनेका छन्।

डोउम्यानको प्रशंसा गर्दै प्रशिक्षक अर्टेटाले भने, “उनी अद्भुत र अप्रत्याशित खेलाडी हुन्। तर उनी अझै १६ वर्षका मात्र हुन्। हामीले उनको विकासमा बाधा पुर्‍याउनु हुँदैन, न त धेरै हतार नै गर्नुहुन्छ। प्रिमियर लिगको माग र दबाब फरक हुने भएकाले उनलाई सही समय र वातावरणमा मात्र मैदानमा उतार्न आवश्यक छ।”

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  ८ : ४४ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर