एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती « Khabarhub

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खस्कँदो प्रदर्शनपछि नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ अघि बढेको देखिएको छ।

क्यानले गत साउनमा रोहितकुमार पौडेललाई हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको कप्तानी सुम्पेको थियो।

अन्तर्राष्ट्रिय अनुभव र उत्कृष्ट खेलका आधारमा कप्तानमा फर्किएका लामिछानेसामु एसिया कपमा छनोट गराउनु पहिलो ठूलो चुनौती थियो।

नयाँ र पुराना खेलाडी सम्मिलित टोलीलाई कुशलतापूर्वक नेतृत्व गर्दै उनले एसिसी प्रिमियर कप २०२६ को उपाधि दिलाए। प्रतियोगिताका ६ मध्ये ५ खेल जित्दै नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको थियो भने फाइनलमा युएईलाई ४४ रनले हराएर दोस्रोपटक एसिया कपमा स्थान सुरक्षित गर्‍यो।

प्रतियोगिताभर २.९८ को किफायती इकोनमीमा सर्वाधिक १७ विकेट लिएका लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। उनले सन् २०२३ को संस्करणमा पनि यो अवार्ड जितेका थिए। टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीका अनुसार सन्दीपले बलरहरूको सही सदुपयोग गर्दै दबाबका बीच टोलीलाई एकढिक्का बनाएर सम्हालेका थिए। टोलीको सफलतामा बसिर अहमद, करण केसी, गुल्सन झा, आसिफ शेख र अर्जुन कुमालको प्रदर्शन पनि महत्त्वपूर्ण रह्यो।

एसिया कपमा छनोट गराएपछि अब कप्तान लामिछानेसामु विश्वकप लिग–२ मा नेपालको एकदिवसीय मान्यता जोगाउनुपर्ने मुख्य चुनौती छ। लिग–२ को तालिकामा नेपाल फिलहाल सातौँ स्थानमा छ। खेलेका ३२ मध्ये १९ खेलमा हार र ११ मा जित निकालेको नेपालले २ खेलमा अंक बाँडेको छ।

शीर्ष ६ भित्र परेर एकदिवसीय मान्यता कायमै राख्न नेपालले अब आगामी अक्टोबरमा हुने अन्तिम शृंखलाका ४ मध्ये कम्तीमा ३ खेल जित्नुपर्ने समीकरण छ। ओमान र क्यानडा सम्मिलित उक्त शृंखलामा हालैको उपाधि जितले उच्च बनेको मनोबलको फाइदा उठाउँदै नेपालले उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  ११ : ०९ बजे

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

विराटनगरले गुमायो पाचौँ विकेट, म्याथ्युज आउट

नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स र

जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान सञ्चालन गर्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जनता र पार्टीलाई जोड्नका

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई