एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती « Khabarhub

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खस्कँदो प्रदर्शनपछि नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ अघि बढेको देखिएको छ।

क्यानले गत साउनमा रोहितकुमार पौडेललाई हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको कप्तानी सुम्पेको थियो।

अन्तर्राष्ट्रिय अनुभव र उत्कृष्ट खेलका आधारमा कप्तानमा फर्किएका लामिछानेसामु एसिया कपमा छनोट गराउनु पहिलो ठूलो चुनौती थियो।

नयाँ र पुराना खेलाडी सम्मिलित टोलीलाई कुशलतापूर्वक नेतृत्व गर्दै उनले एसिसी प्रिमियर कप २०२६ को उपाधि दिलाए। प्रतियोगिताका ६ मध्ये ५ खेल जित्दै नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको थियो भने फाइनलमा युएईलाई ४४ रनले हराएर दोस्रोपटक एसिया कपमा स्थान सुरक्षित गर्‍यो।

प्रतियोगिताभर २.९८ को किफायती इकोनमीमा सर्वाधिक १७ विकेट लिएका लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। उनले सन् २०२३ को संस्करणमा पनि यो अवार्ड जितेका थिए। टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीका अनुसार सन्दीपले बलरहरूको सही सदुपयोग गर्दै दबाबका बीच टोलीलाई एकढिक्का बनाएर सम्हालेका थिए। टोलीको सफलतामा बसिर अहमद, करण केसी, गुल्सन झा, आसिफ शेख र अर्जुन कुमालको प्रदर्शन पनि महत्त्वपूर्ण रह्यो।

एसिया कपमा छनोट गराएपछि अब कप्तान लामिछानेसामु विश्वकप लिग–२ मा नेपालको एकदिवसीय मान्यता जोगाउनुपर्ने मुख्य चुनौती छ। लिग–२ को तालिकामा नेपाल फिलहाल सातौँ स्थानमा छ। खेलेका ३२ मध्ये १९ खेलमा हार र ११ मा जित निकालेको नेपालले २ खेलमा अंक बाँडेको छ।

शीर्ष ६ भित्र परेर एकदिवसीय मान्यता कायमै राख्न नेपालले अब आगामी अक्टोबरमा हुने अन्तिम शृंखलाका ४ मध्ये कम्तीमा ३ खेल जित्नुपर्ने समीकरण छ। ओमान र क्यानडा सम्मिलित उक्त शृंखलामा हालैको उपाधि जितले उच्च बनेको मनोबलको फाइदा उठाउँदै नेपालले उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ११ : ०९ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने