भेडापालनका लागि स्थानीयलाई अनुदान « Khabarhub

भेडापालनका लागि स्थानीयलाई अनुदान


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ । 

पछिल्लो समय भेडापालन पेसा लोप हुँदै गएपछि पालिकाले भेडा पालनका लागि स्थानीयलाई अनुदान दिएर प्रवर्द्धनमा जोड दिएको हो । 

भेडापालन व्यवसायको संरक्षणको लागि गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । 

गाउँपालिकाले वडा नं ३ मा भेडापालन व्यवसायलाई प्रोत्साहन गर्न दुई लाख ७० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । ‘थुलुङ गाउँ कृषि तथा भेडापालन’ समूहलाई  अनुदान सहयोग गरिएको हो । समूहको २५ प्रतिशत लागत साझेदारी रहेको छ । 

स्थानीय भेडापालक कृषक राजेश थुलुङले हराउँदै गएको भेडापालन व्यवसायलाई निरन्तरता दिन गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताए ।

‘पालिकाको सहयोगले हामीलाई ठूलो ऊर्जा मिलेको छ’, उनले भने, ‘अहिले यहाँका १२ जना भेडापालक कृषक मिलेर समूह गठन गरी व्यवसायको संरक्षण र विस्तारमा जुटेका छौँ ।’

कृषि विकास शाखा प्रमुख ज्योति देवानका अनुसार गत आर्थिक वर्षमा यो कार्यक्रमलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो । परीक्षण सफल भएपछि चालु आर्थिक वर्षमा बजेट बढाएर निरन्तरता दिइएको छ । 

गत वर्षको नतिजा सकारात्मक आएकाले यो वर्ष भेडापालन प्रर्वद्धनका लागि तीन लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
 
हतुवागढी–३ का वडाध्यक्ष राजकुमार राईले किसानको आयआर्जन वृद्धि गर्न भेडापालनका साथै अन्य पशुपालनलाई पनि सँगसँगै अघि बढाइएको जानकारी दिए ।
 
उनका अनुसार वडाभित्र बाख्रापालन तथा बङ्गुरपालन व्यवसायमा लागेका किसानलाई आवश्यक सहयोग र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले गाउँपालिकाभित्रका मौलिक तथा परम्परागत पेसाको जगेर्ना गर्दै किसानको जीवनस्तर सुधार्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । 
 
उत्पादन र पशुपालनमा आधारित आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि प्रर्वद्धननात्मक कार्यक्रमलाई थप व्यवस्थित र क्षेत्र फराकिलो बनाउँदै लैजाने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।
 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १२ : ४२ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा