रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्‍यो अल-नासर « Khabarhub

रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्‍यो अल-नासर


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिस्टियानो रोनाल्डोसमेत मैदानमा उत्रिँदापनि अल–नासर एएफसी च्याम्पियन्स लिग एलिटमा अल–ऐनसँग ४–० ले पराजित भएको छ।

संयुक्त अरब इमिरेट्समा मंगलबार राति भएको खेलमा अल–ऐनले अल–नासरलाई एकपक्षीय रूपमा पराजित गरेको हो। यो साउदी अरबमा आबद्ध भएपछि रोनाल्डोले व्यहोरेको सबैभन्दा ठूलो हारसमेत बनेको छ।

खेलको २५औँ मिनेटमा हुसेन रहिमीले गोल गर्दै अल–ऐनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवातपछि उनले नै टोलीको अग्रता दोब्बर बनाए।

खेल सकिन १८ मिनेट बाँकी रहँदा सौफियान रहिमीले तेस्रो गोल गरे। त्यसपछि उनले जर्जियोस जियाकुमाकिसका लागि गोलको अवसर सिर्जना गरेपछि अल–ऐनले ४–० को जित सुनिश्चित गर्‍यो।

४१ वर्षीय रोनाल्डोले खेलमा प्रभाव जमाउन सकेनन्। करिअरको ९८०औँ गोलको खोजीमा रहेका उनी अन्तिम समयमा प्राप्त फ्रिकिकमा समेत गोल गर्न असफल भए। उनको प्रहारलाई अल–ऐनका गोलरक्षक खालिद इसाले सहजै बचाए।

यो हारसँगै अल–नासरले पछिल्ला चार खेलमा सबै प्रतियोगितामा केवल एक जित हात पारेको छ।

खेलपछि अल–नासरका प्रशिक्षक एन्जे पोस्टेकोग्लुले हारको जिम्मेवारी खेलाडीलाई नदिई आफूले लिने बताए। उनले टोलीको समग्र प्रदर्शन कमजोर रहेको स्वीकार गरे।

यसैबीच, च्याम्पियन्स लिग एलिटअन्तर्गत अन्य साउदी क्लबमध्ये अल–हिलालले कतारको अल–घाराफामाथि २–१ को जित निकाल्दा अल–कादसियाहले यूएईको अल–वासललाई २–१ ले पराजित गरेको छ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १ : ३१ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको