रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्‍यो अल-नासर « Khabarhub

रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्‍यो अल-नासर


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिस्टियानो रोनाल्डोसमेत मैदानमा उत्रिँदापनि अल–नासर एएफसी च्याम्पियन्स लिग एलिटमा अल–ऐनसँग ४–० ले पराजित भएको छ।

संयुक्त अरब इमिरेट्समा मंगलबार राति भएको खेलमा अल–ऐनले अल–नासरलाई एकपक्षीय रूपमा पराजित गरेको हो। यो साउदी अरबमा आबद्ध भएपछि रोनाल्डोले व्यहोरेको सबैभन्दा ठूलो हारसमेत बनेको छ।

खेलको २५औँ मिनेटमा हुसेन रहिमीले गोल गर्दै अल–ऐनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवातपछि उनले नै टोलीको अग्रता दोब्बर बनाए।

खेल सकिन १८ मिनेट बाँकी रहँदा सौफियान रहिमीले तेस्रो गोल गरे। त्यसपछि उनले जर्जियोस जियाकुमाकिसका लागि गोलको अवसर सिर्जना गरेपछि अल–ऐनले ४–० को जित सुनिश्चित गर्‍यो।

४१ वर्षीय रोनाल्डोले खेलमा प्रभाव जमाउन सकेनन्। करिअरको ९८०औँ गोलको खोजीमा रहेका उनी अन्तिम समयमा प्राप्त फ्रिकिकमा समेत गोल गर्न असफल भए। उनको प्रहारलाई अल–ऐनका गोलरक्षक खालिद इसाले सहजै बचाए।

यो हारसँगै अल–नासरले पछिल्ला चार खेलमा सबै प्रतियोगितामा केवल एक जित हात पारेको छ।

खेलपछि अल–नासरका प्रशिक्षक एन्जे पोस्टेकोग्लुले हारको जिम्मेवारी खेलाडीलाई नदिई आफूले लिने बताए। उनले टोलीको समग्र प्रदर्शन कमजोर रहेको स्वीकार गरे।

यसैबीच, च्याम्पियन्स लिग एलिटअन्तर्गत अन्य साउदी क्लबमध्ये अल–हिलालले कतारको अल–घाराफामाथि २–१ को जित निकाल्दा अल–कादसियाहले यूएईको अल–वासललाई २–१ ले पराजित गरेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १ : ३१ बजे

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र