रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो « Khabarhub

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का बेला बजारमा उदण्डता देखिएको भन्दै महँगी नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्नै पार्टीको सरकारका पालामा महँगीले ‘अग्रगामी छलाङ’ लगाएको बताए ।

‘प्याज, चिनी, चामल र तेल हरेक चिजको भाउ आकाशियो । चिल्ला गाडी चढ्नेलाई त महँगीले फरक परेन, तर हामीजस्ताको ढाड नै सेकियो,’ उनले भने ।

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहलाई शुभकामना दिँदै प्रसाईंले कालोबजारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

‘नयाँ जोगीले धेरै खरानी घस्छ भनेजस्तो नभई कालोबजारी नियन्त्रणका लागि साँच्चिकै नयाँ किसिमको भूमिका निर्वाह गर्न सक्नुहोस् भन्ने कामना गर्छु,’ उनले भने ।

प्रसाईंले फरक प्रसङ्गमा राजधानी काठमाडौं सहरका सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु ओसार्ने क्रम बढेको भन्दै गृह र यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।

‘राजधानीका सवारीसाधनमा भेडा-बाख्रा कोचेजसरी यात्रु ओसारिँदैछ। क्षमताभन्दा बढी मान्छे ओसारिँदैछ। यात्रुहरूले दैनिक दुःख पाएका छन्। के राजधानीमा पनि ट्राफिक व्यवस्थापन गर्न सरकारले नसकेको हो र ?’ उनले प्रश्न गरे ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  २ : २९ बजे

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच