रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत « Khabarhub

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’लाई निरन्तरता दिने निर्णय गरेको छ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद्पछि सुरू भएको सर्वदलीय बैठकलाई संसद्मा रहेका र नरहेका प्रमुख राजनीतिक दललाई समेत समेटेर उच्चस्तरीय राजनीतिक संयन्त्रका रूपमा निरन्तरता दिने निर्णय गरेको रास्वपाका प्रवक्ता जगीश खरेलले जानकारी दिए ।

बैठकले प्रतिनिधि सभामा एक साताभित्र संसदीय विशेष समिति गठन गर्न सभामुख डीपी अर्यालसमक्ष औपचारिक आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघ महासभा भ्रमणका क्रममा नेपालले जलवायु न्यायको विषयलाई कसरी सशक्त रूपमा उठाउने भन्नेबारे विभिन्न राजनीतिक दलका नेताले सुझाव दिएका थिए ।

दलका नेताले उठाएका विषय र सुझावलाई सरकार तथा रास्वपाले गम्भीरतापूर्वक लिने र आत्मसात् गर्ने प्रवक्ता खरेलले बताए।

बैठकपछि कांग्रेस सभापति गगनकुमार थापाले संसदीय विशेष समितिको कार्यावधि तीन महिना प्रस्ताव गरिएको जानकारी दिए । समितिले सरकारले गरिरहेको खोज, उद्धार तथा राहत कार्यको अनुगमन गरी कार्यक्षेत्र तोकेर छलफल गर्ने सहमति भएको उनले बताए ।

थापाले समितिले तयार पार्ने प्रतिवेदन र कामलाई प्रधानमन्त्रीले सुरुदेखि नै गम्भीरतापूर्वक लिनुपर्ने भन्दै यसलाई बेवास्ता गर्ने अवस्था आउन नदिन सत्तापक्षका सभापतिमार्फत प्रधानमन्त्रीसँग समन्वय गर्न आग्रह गरिएको बताए ।

नेकपा सह-संयोजक माधवकुमार नेपालले लामिछानेको पहलमा सुरु भएको सर्वदलीय बैठकलाई स्थायी ‘सर्वदलीय राजनीतिक संयन्त्र’का रूपमा निरन्तरता दिने र समय–समयमा बैठक आयोजना गर्ने सहमति भएको जानकारी दिए ।

बैठकमा कांग्रेस सभापति गगनकुमार थापा, नेकपा संयोजक माधवकुमार नेपाल, नेकपा एमालेकी नेतृ पद्मा अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेता सहभागी थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ३ : ०५ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको