विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति « Khabarhub

विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष २०८२/८३ मा सरकारले लिएको १२.२० प्रतिशतको लक्ष्यभन्दा कम चुहावट कायम भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विद्युत् चुहावट १२.२६ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा घटेर १२.१६ प्रतिशतमा सीमित भएको हो।

सरकारले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो। उक्त लक्ष्यभन्दा ०.०४ प्रतिशत विन्दुले कम चुहावट कायम गर्न सरकार सफल भएको मन्त्रालयले जनाएको छ।

विद्युत् चुहावट नियन्त्रणका लागि ऊर्जामन्त्री श्रेष्ठले नीतिगत तथा संरचनागत सुधारमा पहल गरेको सचिवालयको भनाइ छ। विद्युत् नेटवर्क स्तरोन्नति, नियमित मर्मतसम्भार तथा प्राविधिक पक्षको सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा लोड व्यवस्थापनमा देखिने समस्याका कारण चुहावट हुने गरेको छ। प्राविधिक समस्या देखिनासाथ तत्काल सम्बोधन गर्ने प्रणाली विकास गरिएकाले पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको प्राधिकरणको भनाइ छ।

मन्त्रालयका अनुसार विद्युत् नेटवर्क स्तरोन्नति, समयमै मर्मतसम्भार र प्राविधिक सुधारका कामलाई तीव्रता दिँदै चुहावट नियन्त्रणको प्रयास भइरहेको छ।

अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३.८ प्रतिशत रहेको छ। नेपालमा भने विद्युत् चुहावट उक्त औसतभन्दा कम रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ७ : ०१ बजे

विद्युत् चुहावट घटेर १२ प्रतिशतमा झर्‍यो, लक्ष्यभन्दा राम्रो प्रगति

काठमाडौँ- नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ। आर्थिक वर्ष

म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

म्याग्दी– म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७०

महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

काठमाडौँ– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम

बूढीगण्डकी आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा