कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ « Khabarhub

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट गुरुयोजना ल्याउन माग गरेका छन् ।  

बुधबार प्रतिनिधिसभा बैठकमा राईले बाढीपीडितलाई राहतको प्याकेज मात्र दिएर राज्यको दायित्व पूरा नहुने भन्दै सुरक्षित बस्ती विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा मनोसामाजिक परामर्शसहितको स्पष्ट पुनर्स्थापना गुरुयोजना माग गरेका हुन्।

उनले बाढीको बहानामा बजारमा खाद्यान्न र ग्यासमा चरम कालोबजारी र मूल्यवृद्धि भएको उल्लेख गरे । आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी नियन्त्रणको अनुभूति गर्न नसकेको भन्दै संसदीय समितिमार्फत कडा अनुगमन गर्न उनले माग गरे।

उनले सत्तापक्षबाट नागरिक, आलोचक र सञ्चारकर्मीमाथि धम्कीपूर्ण अभिव्यक्ति आएको भन्दै आपत्ति जनाउनुभयो । नयाँ पुस्ताको राजनीति भनेको अनुहार फेरिनु मात्र नभई नयाँ संस्कार, उत्तरदायित्व र विधिको शासन हुनुपर्ने उनको भनाइ छ । 

उनले राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले भाग लिँदा वैज्ञानिक तथ्य र सबै दलहरूको साझा आवाज लिएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने सुझाव दिए । 

कांग्रेसले राष्ट्रिय संकटमा सरकारलाई निः सर्त समर्थन दिए पनि जनताको अधिकार हनन, महँगी र भ्रष्टाचारका विरुद्ध संसद्मा निरन्तर खबरदारी जारी राख्ने उनले बताए । 
 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ४ : २६ बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन