चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए « Khabarhub

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार तीनवटा सग्ला शव र एउटा मानव अङ्ग भेटिएको छ।

नेपाली सेनाको नेतृत्वमा परिचालित सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरणका जनशक्ति र भारतीय सेनासहितको खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत् गृह क्षेत्रबाट ती शव तथा मानव अङ्ग भेटिएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारका क्रममा शव भेटिएको जानकारी दिएका छन्।

प्रजिअ पाण्डेका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चिलिमे जलविद्युत् केन्द्रको परिसरमा रहेका भवन तथा पर्खालसमेत बगाएको थियो। बाढीका कारण केन्द्रको सुरुङ बन्द भएपछि भित्र रहेका कर्मचारीको अवस्थाबारे उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।

प्रतिकूल अवस्थापछि एक्साभेटरले हिलो पन्छाउँदै नेपाली सेनाको नेतृत्वमा परिचालित खोज तथा उद्धार टोलीले सुरुङ तथा विद्युत् गृह क्षेत्रमा खोजीलाई निरन्तरता दिँदै आएको थियो। त्यसक्रममा बुधबार तीनवटा सग्ला शव र एउटा मानव अङ्ग भेटिएको पाण्डले बताए ।

बाढी गएको दिन भदौ १० गते बुधबार बिहान चिलिमे जलविद्युत् केन्द्रको बिहानको सिफ्टमा एकजना इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसहित छ जना कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलले बताए।

बाढीपछि सुरुङभित्र फसेका कर्मचारीको अवस्थाबारे खोजी भइरहेको थियो। उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी थप खोजी तथा उद्धार अभियान जारी रहेको छ।

नेपाली सेनाले सुरुङभित्र पसी कर्मचारीको उद्धारमा सहयोग पुर्‍याउन सदरमुकाम धुन्चेमा एउटा हेलिकप्टर राखिएको प्रजिअ पाण्डेले बताए । सुरुङभित्रको अवस्था तथा बाढीले पुर्‍याएको क्षतिका कारण उद्धार थप चुनौतीपूर्ण बनेको छ।

उता रसुवाकै अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलबाट बुधबार नै पाँचजनाको शव फेला पारेको छ। रसुवाका प्रहरी नायव उपरीक्षक अशोक थापा उत्तरगया गाउँपालिका–१ स्थित दलदुङ खोलातर्फको करिब ८०० मिटरभित्र सुरुङमा शव फेला परे बताए।

भोटेकोशीमा गत भदौ १० गते आएको बाढीका कारण रसुवा र नुवाकोटका सातवटा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो । तर बाढीको २० दिनपछि पनि उद्धार अभियान जारी छ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ६ : ३५ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा