मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने « Khabarhub

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने भएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा लगायतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो । 

विदेशी पर्यटकले होटलमा चेक–इन गर्दा, सुरक्षा चेकजाँचमा, मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट/भिसा नभए पनि एप देखाएमा त्यसैलाई आधिकारिक मान्यता दिने निर्णय प्रस्ताव गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । 

नेपाल आएका विदेशी नागरिकहरूले विभागको मोबाइल एपमा लगइन गरेर राहदानी विवरण प्रविष्ट गरेपछि उनीहरूको विवरण अध्यागमनको केन्द्रीय सर्भरमा जोडिने उनले बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्प डेस्कहरू राखेर यो एप डाउनलोड तथा प्रयोगबारे विदेशी नागरिकहरूलाई सहजीकरण गर्ने तयारी भइरहेको जानकारी दिए । 

महानिर्देशक तिवारीले विपद्को समयमा करिब १ हजार विदेशी नागरिक हराएको प्रारम्भिक रिपोर्ट आएपछि विभिन्न कूटनीतिक नियोगहरूले खोजी गर्न आग्रह गरेको बताए  । 

तर अध्यागमनको प्रणालीमा ’इन/आउट’ भएका र विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा दर्ता भई होटलमा बसेका बाहेक सबैको यकिन अवस्था तत्काल पत्ता लगाउन कठिनाइ भएको उनले बताए । 

विभागको मोबाइल एपमा जोडिएपछि विपद् वा संकटका बेला को कहाँ छ भनेर तत्काल ’ट्रेस’ गर्न र उद्धार गर्न सहज हुने महानिर्देशक तिवारीले उल्लेख गरे । 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ६ : ४० बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा