आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन « Khabarhub

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान पछिल्लो समय एउटा विवादमा तानिएका छन् ।

भारतमा भएको विरोध प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर उनलाई अक्टोबर २८ सम्म देश छाड्न निर्देशन दिइएको छ ।

विदेशी नागरिकसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा भारतको विदेशी क्षेत्रीय दर्ता कार्यालयले उनलाई नोटिस जारी गरेको हो ।

यो विवाद अक्टोबर १० मा सुरु भएको थियो। त्यस दिन इमरान मुम्बईको अगस्त क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए । सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

घटनापछि भारतीय जनता पार्टी (भाजपा)का नेता किरीट सोमैयाले इमरान अमेरिकी नागरिक भएको दाबी गर्दै विदेशी नागरिकसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोप लगाए । उनले यस विषयमा प्रहरीमा उजुरीसमेत दिएका थिए ।

प्रहरीका अनुसार मुम्बईको गामदेवी प्रहरी कार्यालयमा परेको उजुरी विदेशी क्षेत्रीय दर्ता कार्यालयमा पठाइएको थियो। त्यसपछि इमरानलाई नोटिस जारी गरिएको हो ।

नाम सार्वजनिक नगर्ने सर्तमा एक प्रहरी अधिकारीले नोटिसमा इमरान अमेरिकी नागरिक रहेको उल्लेख गर्दै अध्यागमन तथा विदेशी नागरिकसम्बन्धी कानुनका धारा ७ र २९ उल्लङ्घन गरेको आरोप लगाइएको जानकारी दिएका छन् ।

सोही आरोपका आधारमा उनलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिइएको जनाइएको छ । यद्यपि, उपलब्ध विवरणमा इमरानको यस विषयमा आधिकारिक प्रतिक्रिया उल्लेख छैन ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  १ : ४० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका