कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न « Khabarhub

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सबै मतगणना सम्पन्न भएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शुक्रबार बिहान मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै सबै पदको मतगणना सकिएको हो । असोज २३ गते रातिदेखि सुरु भएको मतगणना झण्डै एक सातामा सम्पन्न भएको हो ।

लुम्बिनी, गण्डकी र उपत्यकासहित श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको मतगणना यसअघि नै सकिएको थियो । त्यस्तै, सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू क्लस्टरतर्फको मतगणना पनि राति अबेर सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

अहिले सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र केहीबेरमै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी रहेको सदस्य सचिव कटुवालले जानकारी दिए ।

सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो । त्यसको परिणाम असोज २४ गते बिहानै सार्वजनिक गरिएको थियो । अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिएको थियो ।

१४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो । यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको कटुवालले बताए ।

उनका अनुसार मतगणना सुरु भएकै दिनदेखि दिन र रातमा गरी करिब २५ समूह बनाएर गणना गरिएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद नभएको र निर्वाचन सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको उनले बताए ।

यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो । कुल २२९ पदका लागि भएको निर्वाचनमा प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रम दसैँलगत्तै आयोजना गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  १ : ३८ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका