भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार « Khabarhub

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ ।  

वनबासबाट भारतीय सीमासुरक्षा बल (एसएसबी) ले उनीहरुको उद्धार गरेको  राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । परिषद्ले विज्ञप्ति जारी गर्दै उद्धार गरिएका बालबालिकाको उमेर ६ वर्षदेखि १६ वर्षसम्मका छन् । 

हुम्ला जिल्ला सिमकोट गाउँपालिकाका २४ जना र अछाम जिल्लाको एकजना गरी जम्मा २५ (बालक १६ र बालिका ९) लाई पढाइ दिने भन्दै भारतको देहरादुनतर्फ लैजाँदै गरेको अवस्थामा भेटिएको उल्लेख छ । 

उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले रोकेर नेपाल प्रहरीको जिम्मा लगाएको बताइन्छ । नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले बालबालिकालाई गैरकानूनी ओसारपसार गर्न नपाइने मौलिक हकको संवैधानिक व्यवस्था छ । 

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा (४) को उपदफा (२) को खण्ड (ख) मा अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी वा शक्तिको दुरुपयोग गरी विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्यलाई मानव ओसारपसार गरेको मानिन्छ । 

  त्यसप्रकारको गैरकानुनी काम गर्नेलाई नेपालमा भए एक वर्षदेखि दुईवर्षसम्म कैद र विदेशमा लगेको भए दुई वर्षदेखि पाँच वर्षसम्म कैद हुने सजायको कानुनी व्यवस्था छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ ले समेत बालबालिकालाई आफ्ना बाबुआमाबाट अलग गर्न नपाइने र पारिवारिक वातावरणमै हुर्कन पाउने अधिकार सुनिश्चित गरेको छ ।

सरकारी निकायको स्वीकृति बेगर बालबालिकालाई गैरकानुनी रुपमा विदेश (भारत) लैजाने व्यक्तिलाई  प्रचलित कानुनबमोजिम कारबाही गरी बालबालिकालाई सुरक्षित रुपमा परिवारमा पुनर्मिलन गराउन सम्बन्धित सबैमा परिषद्ले अपिल गरेको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  २ : ४० बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य