प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने : मुख्यमन्त्री पाण्डे « Khabarhub

प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने : मुख्यमन्त्री पाण्डे


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरीले अपराध नियन्त्रणमा दृढता अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । 

एकहत्तरौँँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आज आयोजना गरेको कार्यक्रममा उनले सो धारणा राखेका हुन् । 

उनले अनुसन्धानमा निष्पक्षता, सेवा प्रवाहमा संवेदनशीलता र कानुन कार्यान्वयनमा निर्भीकता भई अघि बढ्न प्रहरीलाई आव्हान गरेका छन् । 

मुख्यमन्त्री पाण्डेले प्रविधिको विकाससँग हिंसा बढेकाले त्यसको न्यूनीकरणलाई कम गर्न प्रहरीलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले नेपाल प्रहरीलाई भौतिक पूर्वाधार, ट्राफिक उपकरण तथा सवारी साधन खरिद, विभिन्न  तालिममा वित्तीय सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

यसका साथै  विपद्पछिको उद्धार तथा खोजमा प्रयोग हुने सामग्रीमा समेतमा सहयोग गर्दे आएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले ‘जनताको साथी प्रहरी’, ‘मुस्कानसहितको सेवा’लगायतको कार्य गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो ।  

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख दीपेन्द्रबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङ, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, पूर्वप्रहरी सङ्गठन गण्डकीका अध्यक्ष खिमलाल पराजुली लगायतले प्रहरीको भूमिका र जिम्मेवारीका बारेमा बोलेका थिए । 

सो अवसरमा पूर्वप्रहरी कर्मचारी, अमर प्रहरी तथा विभिन्न खोज तथा उद्धारमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ३ : १३ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य