भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा « Khabarhub

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । 

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवार लालपुर्जा पाएसँग जग्गाधनी बनेका छन् । सम्बन्धित जिल्लाको भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–७ का ३२ भूमिहीन सुकुम्वासी र १ भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन् । 

त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका–८ र ९ का १४ भूमिहीन दलित तथा दुई भूमिहीन सुकुम्वासी परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि ५७ परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन् । 

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण कार्यलाई अघि बढाएको छ । 

मन्त्री रावलले कानुनी अड्चन नरहेकाले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको जानकारी दिइन् ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ४ : ५७ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट