दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने « Khabarhub

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले २०८३ सालको दसैँ बिदाका दिनहरूमा पनि ओपीडी (बहिरङ्ग) लगायतका स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पताल प्रशासनद्वारा शुक्रबार जारी सूचना अनुसार कात्तिक ४ र ५ गतेबाहेक अन्य दसैँ बिदाका दिनहरूमा अस्पतालका सम्पूर्ण सेवाहरू सञ्चालनमा रहनेछन् । ती दिनमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म ओपीडी लगायतका सेवाहरू उपलब्ध हुने अस्पतालले जनाएको छ ।

यस्तै, अस्पतालको इमर्जेन्सी (आकस्मिक) र अन्तरङ्ग सेवा भने दशैँ बिदाका अवधिभर नियमित रूपमा २४ सै घण्टा सञ्चालन रहने अस्पताल प्रशासनले जनाएको छ ।

दसैँका बेला बिरामीलाई स्वास्थ्य उपचारमा सहजता होस् भन्ने उद्देश्यले अस्पतालले सार्वजनिक बिदामा पनि सेवा निरन्तर दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ५ : १४ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट