मस्कले ल्याए उड्ने कार « Khabarhub

मस्कले ल्याए उड्ने कार


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले लामो समयदेखि चर्चामा रहेको उड्ने कार सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् मस्कले उड्ने कारको पहिलो भिडियो सार्वजनिक गरेका हुन् ।

बिहीबार राति एक्स (साविकको ट्विटर) मार्फत सार्वजनिक गरिएको भिडियोमा टेस्ला रोडस्टर नामक कार हावामा उडेर सुरक्षित रूपमा जमिनमा अवतरण गरेको देखिएको छ ।

मस्कले शेयर गरेको भिडियो क्लिपमा उक्त कार ठाडो भित्तामा चढेको र उडेर अन्तरिक्ष यानमा प्रयोग हुने किसिमको थ्रस्टरको सहयोगले हावामा विभिन्न कलाबाजी देखाउँदै सुरक्षित रुपमा अवतरण गरेको देख्न सकिन्छ । मस्कले शेयर गरेको अर्को छुट्टै भिडियोमा उक्त कारले अन्य पाँचवटा टेस्ला गाडीहरूको माथिबाट उडान भर्दै हावामा पूर्ण रूपमा एक फन्को मारेर सहज रूपमा जमिनमा अवतरण गरेको देखिन्छ ।

भिडियो सार्वजनिक गर्दै मस्कले ‘अन्ततः भविष्यमा उड्ने कारहरू पनि हुनेछन्’ भनी प्रतिक्रिया दिएका छन् । अमेरिकी सञ्चार माध्यमले जनाए अनुसार रोडस्टरका लागि अहिले टेस्लाको वेबसाइटमार्फत पाँच हजार अमेरिकी डलर अग्रिम भुक्तानी गरी बुकिङ खुला गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ६ : ३४ बजे

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल