नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था   « Khabarhub

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स नवीकरण र पुनः नाम दर्ताका लागि निरन्तर नर्सिङ तथा मिडवाइफ शिक्षा र व्यावसायिक विकाससम्बन्धी तालिम अनिवार्य गरेको छ ।

परिषद्को निर्णय अनुसार परिषद्मा दर्ता भएका नर्स, मिडवाइफ र विशेषज्ञ नर्सले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा नियमित रूपमा ज्ञान र सीप अभिवृद्धि गरेको प्रमाण अद्यावधिक गरी राख्नुपर्नेछ । परिषद्ले यससम्बन्धी राष्ट्रिय मार्गदर्शन स्वीकृत गरिसकेको जनाएको छ ।

परिषद्का अनुसार अनिवार्य रूपमा प्रमाणित तालिम तथा व्यावसायिक रूपमा प्रमाणित तालिममार्फत हासिल गरिएको ज्ञान र सीपको विवरण लाइसेन्स नवीकरण तथा पुनः नाम दर्ताका क्रममा पेश गर्नुपर्नेछ ।

यो व्यवस्था माघ १ गतेदेखि लागू भएको परिषद्ले एक सूचनामार्फत स्पष्ट पारेको छ । आवश्यक मार्गदर्शन परिषद्को आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : ४४ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई