काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स नवीकरण र पुनः नाम दर्ताका लागि निरन्तर नर्सिङ तथा मिडवाइफ शिक्षा र व्यावसायिक विकाससम्बन्धी तालिम अनिवार्य गरेको छ ।
परिषद्को निर्णय अनुसार परिषद्मा दर्ता भएका नर्स, मिडवाइफ र विशेषज्ञ नर्सले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा नियमित रूपमा ज्ञान र सीप अभिवृद्धि गरेको प्रमाण अद्यावधिक गरी राख्नुपर्नेछ । परिषद्ले यससम्बन्धी राष्ट्रिय मार्गदर्शन स्वीकृत गरिसकेको जनाएको छ ।
परिषद्का अनुसार अनिवार्य रूपमा प्रमाणित तालिम तथा व्यावसायिक रूपमा प्रमाणित तालिममार्फत हासिल गरिएको ज्ञान र सीपको विवरण लाइसेन्स नवीकरण तथा पुनः नाम दर्ताका क्रममा पेश गर्नुपर्नेछ ।
यो व्यवस्था माघ १ गतेदेखि लागू भएको परिषद्ले एक सूचनामार्फत स्पष्ट पारेको छ । आवश्यक मार्गदर्शन परिषद्को आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ ।













प्रतिक्रिया