पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन « Khabarhub

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीले आवेदन दिएका छन् । 

निर्वाचन प्रहरीमा भर्ना छनोट तथा नियुक्ति समिति पर्साले यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरेर दुई हजार ८५२ जना आवेदन माग गरेको थियो । यहाँ नेपाल प्रहरीतर्फ मात्रै पाँच हजार ३९९ जनाको आवेदन परेको छ । 

सशस्त्र प्रहरीतर्फ ३८५ निर्वाचन प्रहरीको आवेदन माग गरिएकामा माघ १ गतेसम्म ५२१ जनाले आवेदन दिएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले निर्वाचन प्रहरीमा उल्लेखनीय आवेदन परेको जानकारी दिए। यहाँ पहिलो पटक आवेदन दिने पुरुषको सङ्ख्या तीन हजार १४७ जना रहेका छन् ।

 नयाँ आवेदन दिने महिलाको सङ्ख्या भने ६०३ जना रहेका छन् । निर्वाचन प्रहरीमा विगतमा म्यादी प्रहरीको रूपमा खटिएका ६८७ जना पुरुष र १५३ जना महिलाको आवेदन परेको उनले बताए। 

यस्तै, गरी पूर्वसुरक्षाकर्मीको तर्फबाट भने १२ जना पुरुष रहेका छन् भने विदेशी सैनिकबाट अवकाश प्राप्त गरेका एक जना रहेका छन् ।  

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहको आकर्षण रहेको बताए। सशस्त्र प्रहरीतर्फ माघ ३ गतेसम्म आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ । 

यसैगरी रौतहट जिल्लामा आह्वान गरिएको निर्वाचन प्रहरीमा नेपाल प्रहरी र सशस्त्रतर्फ गरेर छ हजार ७३६ जनाको आवेदन परेको छ । जसमा पाँच हजार ३४८ जना पुरुष र ९३६ जना महिलाको आवेदन परेको छ । 

रौतहटमा नेपाल प्रहरीतर्फ तीन हजार ४६६ जना र सशस्त्र प्रहरीतर्फ ३८५ जनाको आवेदन माग गरिएको थियो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ११ : ३५ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना पक्राउ, चार मदिरा पसल सिल

रुपन्देही – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक