पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद « Khabarhub

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०२४ को अन्त्यतिर उनले जारी गरेको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठवटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालत फैसला हो । ती मुद्दाहरूमा उनको कदमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पारेको अभियोजन पक्षको दाबी रहेको छ ।

युनमाथि लागेको सबैभन्दा गम्भीर अभियोगमा उनले आफ्नो मार्सल ल कार्यान्वयनका सन्दर्भमा विद्रोहको नेतृत्व गरेको आरोप समावेश छ, जसमा कानूनअनुसार मृत्युदण्डसम्मको सजाय हुनसक्ने प्रावधान रहेको छ । यद्यपि, उक्त गम्भीर अभियोगमा अन्तिम फैसला आउन बाँकी नै छ ।

यस मुद्दासँग सम्बन्धित रूपमा सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार उनलाई हिरासतमा राख्ने अधिकारीहरूको आदेश अवहेलना गरेको लगायतका अन्य अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । अदालतले यी कार्यहरूलाई कानूनी शासनविरुद्धको गम्भीर चुनौतीको रूपमा व्याख्या गरेको छ ।

यस फैसलापछि युनले तत्काल सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । तर यसअघि एक स्वतन्त्र विशेष वकिलले ती आरोपहरूमा उनलाई १० वर्षको जेल सजायको माग गर्दा युनको प्रतिरक्षा टोलीले ती आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको र यस्तो ‘अत्यधिक’ सजायको माग गर्न कानूनी आधार नभएको तर्क प्रस्तुत गरेको थियो ।

डिसेम्बर २०२४ मा युनले अल्पकालीन रूपमा मार्सल ल लागू गरेपछि उनको कदमविरुद्ध देशभर व्यापक जनआन्दोलन सुरु भएको थियो । ती प्रदर्शनहरूमा उनको निष्कासनको माग चर्किँदै गएपछि अन्ततः उनीमाथि महाभियोग लगाइयो, पक्राउ गरियो र राष्ट्रपतिको पदबाट बर्खास्त गरियो ।

युनले भने आफ्नो आदेश देशलाई लामो समयसम्म सैन्य शासनमा लैजाने उद्देश्यले नभई आफ्नो एजेन्डामा निरन्तर अवरोध पुर्‍याइरहेको उदार–नियन्त्रित संसद्बाट उत्पन्न खतराबारे जनतालाई सचेत गराउन मात्र जारी गरिएको दाबी गर्दै आएका छन्। 

तर अनुसन्धानकर्ताहरूले भने उक्त आदेशलाई विद्रोह, शक्तिको दुरुपयोग तथा अन्य आपराधिक अपराधको रूपमा व्याख्या गर्दै उहाँले आफ्नो शासन सुदृढ र दीर्घकालीन बनाउन खोजेको निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १२ : ५४ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा