नेपाल चिकित्सक संघको निर्वाचन स्थगित « Khabarhub

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । संघको निर्वाचन सम्बन्धमा पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित तालिकाअनुसार भइरहेको सम्पूर्ण निर्वाचन कार्यक्रम रोकिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिद्वारा जारी सूचनामा अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बाध्यताका कारण निर्वाचन प्रक्रिया हालका लागि स्थगित गरिएको उल्लेख छ। साथै, यस सम्बन्धमा आगामी दिनमा निर्वाचन समितिबाट आवश्यक छलफलपछि नयाँ सूचना जारी गरी निर्वाचनसम्बन्धी संशोधित तालिका सार्वजनिक गरिने जनाइएको छ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा.प्रणय रत्न शाक्यद्वारा हस्ताक्षरित सूचनामा हालको अवस्था समाधान नभएसम्म निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम अगाडि नबढाइने स्पष्ट पारिएको छ । 

नेपाल चिकित्सक संघको केन्द्रीय निर्वाचनका साथै विभिन्न तहका नेतृत्व चयनका लागि प्रक्रिया अघि बढिरहेको अवस्थामा अदालतको आदेशपछि निर्वाचन अनिश्चित बनेको हो । 

यसले संघभित्रको नेतृत्व चयन प्रक्रिया केही समयका लागि प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : ०९ बजे

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको

रविविरुद्धका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण