माघ ११ सम्मको व्यस्त महोत्सव तालिका सकेर राजनीतिक सक्रिय हुने प्रकाशको संकेत « Khabarhub

माघ ११ सम्मको व्यस्त महोत्सव तालिका सकेर राजनीतिक सक्रिय हुने प्रकाशको संकेत


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ उम्मेद्वारी दिएका गायक प्रकाश सुपतले महोत्सवको व्यस्त तालिका सार्वजनिक गरेका छन् ।

प्रकाशले माघ १ देखि ११ गतेसम्मको महोत्सव तालिका सार्वजनिक गरेका छन् । जसमा उनले १ देखि ९ गतेसम्म लगातार सांगीतिक प्रस्तुती दिनेछन् । १० गते छाडेर उनी ११ गते सिन्धुलीमा साङ्गीतिक प्रस्तुती दिँदै छन् । ११ दिनमा उनी १० फरक स्थानका मञ्चमा देखिनेछन् । यो गायकको राम्रो व्यस्तता हो ।

प्रकाशले माघ १ गते बिहीबार अर्घाखाँचीको सन्धिखर्कमा प्रस्तुती दिएका थिए । आज शुक्रबार उनले नवलपरासीमा प्रस्तुती दिँदैछन् । माघ ३ मा पोखरा, ४ मा स्याङ्जा, ५ मा कञ्चनपुर, ६ मा बर्दिया, ७ मा बासगढी, ८ मा कैलाली र ९ मा दाङ प्रस्तुती दिँदैछन् ।

सङ्गीतमा कम सक्रिय भएर गत वर्षदेखि फिल्ममा लागेपछि मञ्चमा उनी पहिलो पटक व्यस्त देखिएका हुन् ।

११ गतेसम्मको भेट पूर्ण साङ्गीतिक रहेने उनले दर्शकलाई बताएका छन् । त्यसपछि भने आफू फरक भूमिका र जिम्मेवारीको यात्रा लाग्ने सम्भावना उनले देखाएका छन् ।

उनले लेखेका छन्, ‘१२ देखि २१ को यात्रा फरक भूमिका र जिम्मेवारीको हुनसक्छ ।’

अर्थात्, महोत्सव यात्रा सकेर राजनीतिमा सक्रिय हुने उनले सङ्केत गरेका हुन् । फागुन २१ गते निर्वाचन तोकिएको छ ।

उनी रास्वपामा प्रवेश गरे पनि सक्रिय रुपमा हिँडेका छैनन् । अब भने चुनाव केन्द्रित भइ राजनीतिमा सक्रिय हुन लागेको उनको सङ्केतले बुझाउँछ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : ५६ बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको